Biratnagar, Morang, Nepal
६ चैत २०८०, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी
कोशी प्रदेशका १० जिल्लामा आगलागी, मुख्य कारण डढेलो र लापरपाही
उद्घोष सम्वाददाता ५ चैत २०८०, सोमवार

विराटनगर । कोशी प्रदेशका १० जिल्लामा आगलागीका घटना ‘रेकर्ड’ भएका छन् । प्रि–मनसुनको समय सुरु भएपनि पानी नपरेका कारण वन डढेलो तिब्र भएको छ । वन डढेलो नियन्त्रणबाहिर हुँदा त्यहिबाट बस्तीमा आगो फैलिएर सयौं घर गोठ समेत जलेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीन दिनयता कोशी प्रदेशका १०७ स्थानमा वन ढडेलो लागेको पाइएको छ । आगलागीका घटनाका आधारमा मोरङ, ओखलढुंगा र तेह्रथुममा बढि आगलागी भएको हो । शुक्रबारयता डढेलो र आगलागीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा शनिबार साँझ करीव ६ बजेतिर भएको आगलागीमा प...

समाज
वनमा डढेलो, सदरमुकाममा पञ्चेबाजा र्‍याली
उद्घोष सम्वाददाता ५ चैत २०८०, सोमवार

विराटनगर । सुख्खा मौसमका सुरु भएसँगै वन डढेलो फैलिँदै गएको बेलामा उदयपुर सदरमुकाम गाइघाटमा भने डढेलो सचेतनाका लागि भन्दै सचेतना र्‍याली र कोण सभा गरिएको छ । डिभिजन वन कार्यालय गाइघाटले पञ्चेबाजासहितको र्‍याली निकालेको हो । सदरमुकाम गाइघाट आसपासका विभिन्न सामुदायिक वन उपभोक्ता समुह र नागरिक समाजको उपस्थितिमा डढेलो सचेतनाका लागि भन्दै सोमबार र्‍याली र कोणसभा गरिएको जनाइएको छ । डिभिजन वन कार्यालय गाइघाट अन्तरगत त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाभित्र समुदायले व्यवस्थापन गरेका २०७ वटा सामुदायिक र राष्ट्रिय वनको गरी करिव ७५ हजार हेक्टर वन क्षेत्र रहेको छ । सुख्खा मौसम सुरु...

राजनीति
एमाले उदयपुरले प्रतिनिधि छनौट गर्दै, अधिवेशन चैत १३ र १४ मा
६ चैत २०८०, मङ्गलवार

गाईघाट । नेकपा एमाले उदयपुरको चैत १३ र १४ गते हुने नवौँ जिल्ला अधिवेशनका लागि आज जिल्लाभर एकसाथ प्रतिनिधि छनौट गरिने भएको छ । जिल्ला अधिवेशन तयारीका लागि फागुन ३० गते बसेको आयोजक कमिटीको बैठकले एकसाथ प्रतिनिधि छनौट गर्ने निर्णय गरे अनुसार ७७ वटा वडा र २३ वटा जनसङ्गठनले आज प्रतिनिधि छनौट गर्ने जनाइएको छ । वडाको सङ्गठित सदस्यको अनुपातमा ७ जना सङ्गठित सदस्य बराबर १ जना प्रतिनिधि छनौट गरिने एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेले जानकारी बताए । उनले चैत्र १३ गते जिल्ला अधिवेशनको उद्घाटन हुनेछ भने १४ गते नयाँ नेतृत्व चयन हुने जनाइएको छ । अधिवेशन सम्पन्न गर्नका लागि मूल आयोजक समितिसमेत गरी...

राष्ट्रिय
युक्रेनले सार्वजनिक गर्यो लेटाङका विकासलाई
५ चैत २०८०, सोमवार

विराटनगर । अवैध रूपमा रुसी सेनामा भर्ना भएका नेपालीले एकपछि अर्काले ज्यान गुमाइरहेको खबर आइरहँदा मोरङ लेटाङ–३ की पञ्चकुमारी राईको मन आत्तिन्छ । रुसी सेनामा भर्ना भएका छोरा विकास राई तीन महिनादेखि युक्रेनले बन्दी बनाएको छ । विकाससँग घर परिवारको सम्पर्क टुटेको पनि उत्तिनै समय भएको थियो । तर एकाएक शनिवार युक्रेनद्वारा आफ्नो कब्जामा रहेका पाँच नेपाली सार्वजनिक गरेको छ । जसमा लेटाङका बजारका विकाससमेत छन् । दलालको प्रलोभनमा परेर राम्रो कमाइ गर्ने र परिवार पाल्ने सपना बोकेर रुसी सैनिकमा भर्ना हुन फुगेका र युद्धकै क्रममा युत्रेनले नियन्त्रणमा लिएका विकासलाई उनको परिवारले भिडियोमार्फत...

आर्थिक
घर छाडेर सहर पस्नेभन्दा विदेशिने दोब्बर
रासस ५ चैत २०८०, सोमवार

काठमाडौँ, ५ चैत । राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार विभिन्न चारवटा प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको जनसङ्ख्या, घर तथा परिवारको अवस्था, अपाङ्गता र राष्ट्रिय जनगणना २०७८ र सञ्चारमाध्यम प्रतिवेदन सार्वजनिक गरेको हो । राष्ट्रिय जनगणना २०७८ का क्रममा सङ्कलित तथ्याङ्कलाई विस्तृत विश्लेषणसहित चारवटा प्रतिवेदन तयार पारिएको कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको मुलुकको जनसङ्ख्याको आर्थिक संरचना विवरणअनुसार दश वर्ष वा सोभन्दा माथि उमेर समूहको कुल जनसङ्ख्याको लगभग दुई तिहाइ अर्थात् ६५ दशमलव छ प्रतिशत आर्थिक रुपमा सक्रिय छन् । आर्थिक रूपमा सक्...

शिक्षा
बाबुसाहेब टोलका अग्निपीडित ३१ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
उद्घोष सम्वाददाता ६ चैत २०८०, मङ्गलवार

विराटनगर । रंगेली नगरपालिका–३ बाबुसाहेब टोलस्थित सन्थाल बस्तीमा चैत ३ गते भएको आगलागीबाट प्रभावित भएका ३१ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू प्रदान गरिएको छ । रंगेली नगरपालिकाभित्रका २७ वटा सामुदायिक विद्यालय र नगरपालिकाकै शिक्षा शाखाले १७ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री किनेर हस्तान्तरण गरेको हो । बाबुसाहेब टोलमा आगलागी हुँदा त्यहाँ रहेका २८ घर पूर्ण रुपमा जलेका थिए । वार्षिक परीक्षा चलिरहँदा आगलागी भएपछि विद्यार्थीहरूको पाठ्यपुस्तकदेखि सबै शैक्षिक सामग्री जलेर नष्ट भएका छन् । परीक्षाको समयमा आगलागी भएपछि समस्यामा परेका विद्यार्थीहरूलाई पठनपाठन र परीक्षा तयारीमा स...

स्वास्थ्य
प्रहरी भन्छ– ‘हत्यापछि ब्वाइफ्रेन्ड भनिएको व्यक्तिले फोटोहरु पठाएको खुलेको छ’
उद्घोष सम्वाददाता २ चैत २०८०, शुक्रवार

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स २२ वर्षीया चन्द्रिका कुमारी दासको हत्या उनकै ब्वाइफ्रेन्डले गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । विराटनगर–४ मा चार महिनायता कोठा भाडा लिएर बस्दै आएकी स्टाफ नर्स दासको शव शुक्रबार मध्यान्ह तिर कोठाभित्रै शौचालयमा फेला परेको थियो । प्रहरीले उक्त घटना मृत भेटिएकी स्टाफ नर्स दासकै ब्वाइफ्रेन्डले गरेको हुनसक्ने आशंका घटनाको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको हो । सिरहाको फुल्काहाकट्टी घर भएकी स्टाफ नर्स दासको सोही ठाउँ घर भएका ब्वाइफ्रेन्ड अमिन धानुकले हत्या गरेर उनकै साथीलाई शवको फोटो पठाएको अनुसन्धानमा खुलेको प्रहरीको भन...

खेलकुद
हाम्रो इटहरीलाई भेट्रान गोल्डकपको उपाधि
उद्घोष सम्वाददाता ५ चैत २०८०, सोमवार

सुनसरी । चौथो संस्करणको इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक हाम्रो इटहरी भेट्रान क्लबले जितेको छ । फाइनलमा आयोजक हाम्रो इटहरीले रियल फ्रेण्डस भेट्रान, सिक्किम (भारत)लाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ हाम्रो इटहरीका लागि लिलाराम मगरले गोल गरेका थिए भने रियल फ्रेण्डसका लागि सन्तोष राईले गोल फर्काएका थिए । त्यसपछि दुबै टोलीबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।...

साहित्य
कथाकार परशु प्रधानको निधन
उद्घोष सम्वाददाता ६ चैत २०८०, मङ्गलवार

काठमाडौँ, ६ चैत । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले राससलाई जानकारी दिए । स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।  स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए ।  उनका  ‘वक्ररेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, न...

वातावरण
वनमा डढेलो, सदरमुकाममा पञ्चेबाजा र्‍याली
उद्घोष सम्वाददाता ५ चैत २०८०, सोमवार

विराटनगर । सुख्खा मौसमका सुरु भएसँगै वन डढेलो फैलिँदै गएको बेलामा उदयपुर सदरमुकाम गाइघाटमा भने डढेलो सचेतनाका लागि भन्दै सचेतना र्‍याली र कोण सभा गरिएको छ । डिभिजन वन कार्यालय गाइघाटले पञ्चेबाजासहितको र्‍याली निकालेको हो । सदरमुकाम गाइघाट आसपासका विभिन्न सामुदायिक वन उपभोक्ता समुह र नागरिक समाजको उपस्थितिमा डढेलो सचेतनाका लागि भन्दै सोमबार र्‍याली र कोणसभा गरिएको जनाइएको छ । डिभिजन वन कार्यालय गाइघाट अन्तरगत त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाभित्र समुदायले व्यवस्थापन गरेका २०७ वटा सामुदायिक र राष्ट्रिय वनको गरी करिव ७५ हजार हेक्टर वन क्षेत्र रहेको छ । सुख्खा मौसम सुरु...

मनोरञ्जन
‘महाजात्रा’ को कलाकार टोली विराटनगरमा
उद्घोष सम्वाददाता २९ फागुन २०८०, मङ्गलवार

विराटनगर । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ को प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मलाई प्रवर्द्धन र प्रचार प्रचारका लागि कलाकार टोली विराटनगर आइपुगेको छ । विराटनगरको भाटभटेनी सुपरमार्केटस्थित क्यूएफएक्स सिनेमा घरमा अभिनेता हरिवंश आचार्यसँगै कलाकारहरू विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा र वर्षा राउत तथा निर्माता यज्ञश्वर पौडेलले फिल्म भव्य रुपमा चल्नेमा आफूहरू ढुक्क भइसकेको दाबी गरे । महाजात्राले आगामी चैत ९ गते देशभरका सिनेमा हलमा चल्नका लागि तयार रहेको छ । अघिल्लो फिल्म ‘जात्रा’ र त्यसपछि बनेको ‘जात्रै जात्रा’ को उल्लेख्य व्यव...

अन्तर्राष्ट्रिय
मङ्गोलियामा कठोर जाडोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु
उद्घोष सम्वाददाता २८ फागुन २०८०, सोमवार

उलान बाटोर, २८ फागुन । मङ्गोलियामा यो बर्षको अत्यधिक चिसो हिउदे मौसमका कारण मृत्यु हुने गाईवस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ । मङ्गोलियाका २१ प्रान्तहरूमध्य पूर्वी सुखबातर प्रान्तमा स्थानीय भाषमा ‘जुड’ भनिने कडा चिसोबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ११ लाखभन्दा बढी गाईवस्तुहरूको मृत्यु भएको एसईसीले जनाएको छ ।  चिसोका कारण हिउ पर्ने र जमिन जमेको हिउँले ढाकिएको कारण ठूलो सङ्ख्यामा प्राणीहरू मर्छन् । मङ्गोलियाको मौसम अनुगमन निकायका अनुसार मङ्गोलियाले यस बर्षको जाडोमा सामान्यभन्दा धेरै हिम बर्षा र जाड...

प्रविधि
पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणाले बढे
उद्घोष सम्वाददाता २६ फागुन २०८०, शनिवार

काठमाडौँ, २६ फागुन । पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६-७७ मा दुई हजार तीन सय एक निवेदन आएकामा चालु आवको फागुन २३ सम्म १२ हजार सात सय ८९ निवेदन आएका हुन् । त्यस्तै आव २०७७-७८ मा तीन हजार नौ सय छ, आव २०७८-७९ मा चार हजार छ सय ८६ र आव २०७९-८० मा नौ हजार १३ निवेदन परेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । प्रहरीका अनुसार चालु आवको फागुन २३ गतेसम्म अनलाइन माध्यमबाट पीडित बालकका एक सय ६४, बालिकाका दुई सय ४२, महिलाका पाँच हजार सात सय तीन, पुरुषका छ हजार एक सय ७७ र अन्यमा पा...

विचार
इलाममा राजनीति सरगर्मी
डीपी ढुंगेल २४ फागुन २०८०, बिहिवार

आउँदो २०८१ साल वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । इलाम २ बाट विजयी पूर्व संविधानसभाका सभाध्यक्ष तथा प्रतिनिधि सभाका सभाध्यक्ष सुभाषचन्द्र नेम्बाङको गत भदौ २६ गते असामयिक निधन भएकाले सो क्षेत्र रित्त छ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि वैशाख १५ गते मिति तोकिसकेको छ । राजनीतिक दलहरू यतिखेर इलाम केन्द्रित भएका छन् । जम्मा १० वटा पालिका रहेको इलाम २ अन्तर्गत ६ वटा पालिका  छन् । जसअनुसार देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, इलाम नगरपालिका, चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोक्थुम गाउँपालिका अन्तर्गत निर्वाचन क्षेत्र नम्बर दुई पर्दछ । क...

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved