Biratnagar, Morang, Nepal
२८ वैशाख २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ उपनिर्वाचन: सुहाङले गरे मतदान

उद्घोष सम्वाददाता
१५ वैशाख २०८१, शनिवार

विराटनगर । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङले मतदान गरेका छन् । 

उनले इलाम–१ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतसहित इलाम सदरमुकामस्थित महेन्द्र रत्न वहुमुखी क्याम्पसको मतदान केन्द्र (ग) मा पुगेर मतदान गरेका हुन् ।

मतदान गरेपछि प्रतिक्रिया दिंदै उनले घरदैलोका क्रममा सवैले माया र विश्वास दिलाएकोले आफुले जित्ने विश्वास पनि व्यक्त गरे । 

सुहाङले पहिलो पटक मतदान गरेका हुन् । उनले भने, ‘‘यो पहिलो अनुभव हो, पहिलो अनुभव सवै राम्रै हुन्छ ।’

इलाम–२ मा ४२ वटा वडामा तोकिएको ७९ मतदानस्थलमा शान्तिपूर्ण मतदान सुरु भएको जनाइएको छ । 

View : 39

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved