विराटनगर । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स्अन्तर्गत रहेका ब्राण्डहरू एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका आफ्ना ३३ जना डिलरहरूलाई थाइल्याण्डको भ्रमणको अवसर प्रदान गरेको छ ।
बर्षमा उत्कृष्ट व्यापार गरेका डिलरहरूलाई थाइल्याण्डको विभिन्न शहरहरु– कोरल आइल्यान्ड, अल्काजर सो, नगनच भिलेज्, जेम ग्यालरी, बिग बुद्ध टेम्पलका साथै बैंककमा पनि क्रुज डिनर, सफारी वर्ल्ड, ओपन जु जस्ता आकर्षक स्थानहरूमा भ्रमण गराई मनोरञ्जन प्रदान गरिएको जनाइएको छ ।
थाइल्याण्ड भ्रमणमा सहभागी सम्पूर्ण डिलरहरूलाई खाना, बस्न लगायत यातायातको सबै ब्यवस्था सिजी इलेक्ट्रोनिक्स्ले गरेको थियो ।
View : 456
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved