Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
खेलकुद

चौथो मिल्स गोल्डकप: पेमा युवा क्लब फाइनलमा

उद्घोष सम्वाददाता
१४ वैशाख २०८१, शुक्रवार

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ ।

विराटनगर जुटमिलको खेल मैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा युवा क्लब फाइनलमा पुगेको हो । 

जितको लागि पेमा युवा क्बलको तर्फबाट मिलन राई, समीर राई र कुलदीप कार्कीले गोल गरे । प्रहरीको तर्फबाट सान्तवना गोल उज्जल राईले फर्काए ।

जितसँगै पेमा युवा क्लबले  शनिबार हुने फाइनल खेलमा उपाधिको लागि सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग खेल्नेछ ।

प्रतियोगिताको प्लेयर अफ द म्याच पेमा युवा क्लबका मिलन राई घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय रुपैयाँ र उपबिजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउने छ ।

View : 66

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved