Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
साहित्य

नझरेका फूलहरूले मनायो वार्षिकोत्सव

उद्घोष सम्वाददाता
५ वैशाख २०८१, बुधवार

सुन्दरहरैंचा । सुन्दरहरैंचामा साहित्यिक गतिविधि गर्दै आएको नझरेका फूलहरूले १० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवमा अवसरमा ४२ औं पलोटी श्रृङ्खला, स्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम  सम्पन्न भएका छन् । 

चर्चित गजलकार तथा साहित्यकार मनु मञ्जिलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायक कृष्णराजा श्रेष्ठलाई ‘नझरेका फूलहरू स्रष्टा सम्मान–२०८१’ बाट सम्मान गरिएको छ ।

साथै कार्यक्रममा उद्घोष राष्ट्रिय दैनिकका सम्वाददाता मणिराम दाहाल तथा सञ्चारकर्मी खेमचन्द्र अधिकारी र  अर्जुन कुलुङ राईलाई नगद तथा कदरपक्रद्वारा सम्मानित गरिएको छ ।

कार्यत्रमको ४२ औं पलेटी श्रृङ्खलामा गायक कृष्णराजा श्रेष्ठले एकल प्रस्तुति दिएका थिए ।

त्यस्तै, विराट कला समूहका कलाकारको उत्कृष्ट नृत्यसँगै गायक टीकाराम राई, प्रज्वल पौडेल र समीक्षा दाहालले पनि साथ दिएका थिए ।  साहित्यकार पुरनकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य छवि वैरागी घिमिरेले राखेका थिए ।

View : 115

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved