Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

सशस्त्र प्रहरी मिल्स गोल्डकपको फाइनलमा

उद्घोष सम्वाददाता
१३ वैशाख २०८१, बिहिवार

विराटनगर । सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल(एपीएफ)को टोली विराटनगरमा जारी चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा एपीएफले झापा सुरुङ्गाको कनकाई स्पोर्टिङ क्लबलाइ ट्राइब्रेकरमा २–० गोल अन्तरले पराजित गर्दै उपाधिको नजिक पुगेको हो ।

खेलको निर्धारित समयमा दुबै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो ।

ट्राइब्रेकरमा एपीएफका लागि दीपेश धिमाल र हरि कार्कीले गोल गरे भने उज्ज्वल चाम्लिङ गोल गर्न चुके । झापाका अनोज मगर, सञ्जीव रसाइली, रोजन धिमाल र मिरक लिम्बूले गोल गर्न नसक्दा हार व्यहोर्नु पर्‍यो । 

प्रतियोगिताअन्तर्गत बिहीबारको अन्तिम सेमिफाइनल खेल विराटनगरको पेमा युवा क्लब र विराटनगरकै कोशी प्रदेश प्रहरी कार्यालय टीम बीच हुनेछ ।

View : 32

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved