Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

नेरूडे र्मिमिरेमा आन्दोलन चर्किंदा सातादेखि ठप्प

उद्घोष सम्वाददाता
१२ वैशाख २०८१, बुधवार

विराटनगर । नेरूडे मिर्मिरे लघुबित्तका कार्मचारीले गरेको आन्दोलनका कारण देशभरका एक सय ९ वटा शाखाको काम एक सातादेखि ठप्प छ । 

सम्झौता अनुसार सेवा सुबिधा बृद्धि नगरेको जनाउँदै कर्मचारीले कामकाज ठप्प पारेका हुन् । नेरूडे र मिर्मिरे दुई वटा लघुबित्त मिसिएर एक भएपछि विभेद गरिएको जनाउँदै कर्मचारीले गत ३ गतेदेखि देशभरका शाखामा बैंकिङ् कारोबार हुन दिएका छैनन् । बैक तथा बित्तीय क्षेत्र कर्मचारी संगठन नेरूडेले ध्यानाकर्षण गराउँदै  सम्झौता कार्यान्वयन नभए सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी दिएर आन्दोलन जारी राखेको छ ।

कर्मचारीको आन्दोलनका क्रममा विराटनगरस्थित कार्यालयमा आइतबार आन्तरिक लेखा परीक्षण (आलेप) शाखाका कर्मचारीसँग ताला खोल्ने र बन्द गर्ने विषयमा बिवाद भएको थियो ।

कार्यालयको काम छाडेर सय जना जति कर्मचारी धर्नामा बसेका बेला आलेप शाखाका कर्मचारी प्रफुल्ल देवले ताला फुटाएर कार्यालय प्रवेश गरेपछि थप विवाद भएको थियो । उनलाई कर्मचारीको आक्रमणबाट जोगाइएको थियो ।

संगठनका सचिव मुकेश यादवले ताला फुटाएको विषयमा देवसँग प्रश्न गर्दा बिवाद गरेपछि आन्दोलनमा रहेका कर्मचारीको समूहले भौतिक कारवाही गर्ने जनाउंँदै घेरा हालेका थिए ।

शाखा प्रवन्धक सूर्यबहादुर थापाले देवलाई भिडबाट जोगाएर उनी आफैंले अर्को ताला खरिद गरी लगाई दिएपछि आन्दोलनकारी शान्त भएका थिए । देशभरमा काम ठप्प भए पनि ब्यवस्थापन पक्षले चासो नदिएको आन्दोलनकारीको भनाइ छ ।

नेरूडे मिर्मिरेको केन्द्रीय कार्यालय बनेपा–८ काभ्रेका प्रमुख कार्यकारी अधिकृतलाई सम्वोधन गर्दै फागुन ३० मा पठाइएको पत्रमा संस्थाले गर्न लागेको औपचारिक कार्यक्रम पनि बहिस्कार गर्ने जनाइएको थियो । चेतावनी दिएको ११ दिन बित्दासम्म व्यवस्थापनपक्ष वा सञ्चालकका तर्फबाट कुनै पनि सम्बोधन नभएको युनियनका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।

दुई लघुबित्त मर्जर हुँंदा कर्मचारीलाई चार ग्रेड र भत्ता बृद्धि गर्ने दुबै संस्थाबीच सहमति भएको थियो । संगठनका अध्यक्ष ढुङ्गानाका अनुसार ध्यानाकर्षण पत्रमा मिर्मिरे तर्फका कर्मचारीलाई मात्रै सम्झौता अनुसार सेवा दिएको जनाइएको छ । नेरूडे तर्फका कर्मचारीलाई दुई ग्रेड मात्रै दिएर हुँंदै नभएका पदमा नायव थप गरी कर्मचारीको भावनामा खेलबाड गरी उपेक्षा गरिएको पत्रमा जनाएको छ ।

गत फागुन ७ गतेको चार बुँदे सम्झौता अनुसार फागुन २० सम्ममा ४ ग्रेडको बारेमा संयुक्त मर्जर समितिबाट निर्णय गराउने नसकेमा चार–ग्रेड वा सोको सट्टा अन्य विकल्प कार्यान्वयन गराउने संचालक समितिको प्रतिवद्धता तत्कालिन नेरूडे लघुवित्तीय संस्थाको व्यवस्थापन पक्षले गरेको थियो ।

नेरूडे र मिमिरे मर्जर भई एकीकृत कारोवार हुँंदा समान तलब भत्ता लागू हुँदा नेरूडेतर्फ तलब भत्ता वृद्धि नहुने, कर्मचारीलाई ४ ग्रेड वा सोको सट्टामा अन्य विकल्प कार्यान्वयन गराउने जानकारी गराएको जनाइएको छ ।

View : 137

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved