विराटनगर । इन्द्रेणी कला प्रतिष्ठान विराटनगरले शनिबार विराटनगरमा सुमधुर सांगीतिक साँझ कार्यक्रम गर्ने भएको छ ।
विराटनगर वसपार्कस्थित राधाकृष्ण (आरके) पार्टीप्यालेसमा हुने सो सांगीतिक साँझमा राष्ट्रिय कलाकार रामा मण्डल, नीतिन गजुरेल, प्रवलदीप विश्वासको प्रमुख प्रस्तुती रहने भएको छ ।
विभिन्न मनोरञ्जनात्मक प्रस्तुती रहने सो कार्यक्रममा गायक विभूतिराज कोइराला, जय चौधरी, संगीता यादव, कृष्ण दोषी, प्रतिमा खवास, डीबी बस्नेत, प्रमोद श्रेष्ठ, शारदा आरनलगायत दर्जन बढी कलाकारको प्रस्तुती हुने आयोजक इन्द्रेणी कला प्रतिष्ठानका कोषाध्यक्ष नीतिनचन्द्र गजुरेलले बताए ।
नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष सांगीतिक साँझ प्रस्तुती गर्दै आएको प्रतिष्ठानको यो वर्षको चौथो संस्करणको कार्यक्रम भएको गजुरेलले बताए ।
View : 855
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved