Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

ज्येष्ठ नागरिक विश्रामालयलाई एसी हस्तान्तरण

उद्घोष सम्वाददाता
१३ वैशाख २०८१, बिहिवार

विराटनगर । राष्ट्रिय वाणिज्य बैंक कोशी प्रदेश कार्यालयले विराटनगर–९ स्थित ब्रम्हज्ञानी विश्रामालयमा विश्राम गर्ने ज्येष्ठ नागरिकहरूलाई शितलता प्रदान गर्नका लागि दुई थान एसी प्रदान गरिएको छ । 

राष्ट्रिय वाणिज्य बैंक कोशी प्रदेशका प्रमुख दिपकराज न्यौपानेले नेपाल ग्रामीण विकास समाज केन्द्रका सभापति मणिकुमार अर्ज्याललाई बुधबार एसी हस्तान्तरण गरेका हुन् । 

केन्द्रकै सहयोगमा विराटनगर–९ मा तीन वर्षदेखि उक्त विश्रामालय सञ्चालन हुादै आएको थियो । विश्रामालयलाई करिव दुई लाख रुपैयाा बराबरको एसी र आवश्यक उपकरणहरू प्रदान गरिएको जनाइएको छ ।

विश्रामालयमा विश्राम गर्ने ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क रुपमा फिजियोथेरापी र दिवा सेवा केन्द्र सञ्चालन गरिदै आएको केन्द्रका सभापति अर्ज्यालले जानकारी दिए ।

View : 54

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved