Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
खेलकुद

चौथो मिल्स गोल्डकप

डिफेन्डिङ च्याम्पियन गोलबजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा

उद्घोष सम्वाददाता
११ वैशाख २०८१, मङ्गलवार

विराटनगर । टाइइब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गोलबजार स्पोर्टिङ क्लब सिराहलाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयसम्म २–२ गोलको बराबरी भएपछि ट्राइब्रेकरबाट जितको छिनोफानो भएको हो । जितको लागि ट्राइब्रेकरमा प्रहरीको तर्फबाट उज्ज्वल राई, सन्देश विक, बिवेक राई र सुमित प्रधानले गोल गरेका थिए । गोलबजारको तर्फबाट बिनोद राई र निरजल मुक्ताङ्गले मात्र गोल गरे । 

जितसँगै प्रहरीले फाइनल प्रवेशका लागि बिहीबार घरेलु टिम पेमा युवा क्लब विराटनगरसँग खेल्नेछ । बुधबार हुने पहिलो सेमिफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी र कनकाई स्पोर्टिङ क्लब सुरुङगा झापाबीच हुनेछ ।

प्रतियोगितामा कोशी प्रदेशका ‘ए’ डिभिजनका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय र उपबिजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।

View : 49

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved