Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

आयुष र कीर्तिलाई मिस्टर र मिस विराट राजवंशीको उपाधि

उद्घोष सम्वाददाता
१३ वैशाख २०८१, बिहिवार

दोस्रो संस्करणको मिस्टर एवम् मिस विराट राजवंशीको उपाधि प्राप्त गर्ने आयुष र कीर्ति  । पछाडि दुवै विधाका प्रथम र द्वितीय उपविजेताहरू । तस्वीर: उद्घोष

विराटनगर । दोस्रो संस्करणको मिस्टर र मिस विराट राजवंशीको उपाधि आयुष मण्डल राजवंशी र कीर्ति राजवंशीले चुमेका छन् ।  मंगलबार विराटनगरमा विराट राजवंशी प्रगतिशील विकास समाज समितिले आयोजना गरेको फाइनल प्रतियोगितामा मिस्टर विराट राजवंशीको पहिलो उपविजेता (फस्ट रनरअप) मनिक राजवंशी र  दोस्रो उपविजेता (सेकेण्ड रनरअप) जीतेश राजवंशी भए । 

त्यस्तै मिस विराट राजवंशीको प्रथम र द्वितीय उपविजेतामा छायाँ राजवंशी र भूमिका राजवंशी भए । 

मिस्टर र मिसको उपाधि प्राप्त गर्ने आयुष र कीर्ति दुवै मोरङको बूढीगंगा–३ बाँसबारीका हुन् । आयुष मेरिल्याण्ड कलेज विराटनगरबाट व्यवस्थापनमा १२ उत्तीर्ण गरी आईटीमा अनलाइन कक्षा लिइरहका छन् भने कीर्ति शिक्षादीपमा विज्ञान विषय लिई कक्षा १२ मा अध्ययनरत छिन् ।

मिस्टर विराट राजवंशीका प्रथम उपविजेता मनिक  विराटनगर–४ राजवंशी चोकका हुन् । द्वितीय उपविजेता जितेष भने बुढीगंगा–२ हुन् । 

यस्तै मिस विराट राजवंशीकी प्रथम उपविजेता छायाँ कटहरी–१ की हुन् भने द्वितीय उपविजेता भूमिका विराटनगर–४ कञ्चनवारीकी हुन् । 

विराटनगर महानगरपालिका एवम् कटहरी, बूढीगंगा, जहदा गाउँपालिकाको पहिलो जातिको रुपमा चिनाउँदै आएको विराट राजवंशीका धर्म, संस्कृति, भेषभूषा लगायतको संरक्षण, विकास एवम् जातीय पहिचानको लागि मिस्टर तथा मिस विराट राजवंशी प्रतियोगिता गरिएको आयोजक संस्थाका अध्यक्ष किरण राजवंशीले बताए ।

पहिलो संस्करणको मिस्टर तथा मिस राजवंशीको उपाधि सुनिल राजवंशी र सुष्मा विश्वास राजवंशीले उचालेका थिए । कार्यक्रममा गायक सुमित खड्का र प्रवलदीप विश्वासले सांगीतिक प्रस्तुती पस्केका थिए । 

 

View : 165

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved