Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङको जहदा गाउँपालिकाले दियो शिक्षक कर्मचारीलाई परिचय पत्र

उद्घोष सम्वाददाता
१३ वैशाख २०८१, बिहिवार

विराटनगर । मोरङको जहदा गाउँपालिकाले शिक्षकहरूलाई परिचय पत्र वितरण कार्य सुरु गरेको छ । पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई गाउँपालिकाको तर्फबाट परिचय पत्र वितरण सुरु गरेको जनाइएको छ ।

गाउँपालिका अन्तरगत नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालय गरी ३० वटा सामुदायिक विद्यालयमा कार्यरत करिव तीन सय शिक्षक, कर्मचारी तथा बाल विकास शिक्षकलाई समेत परिचयपत्र वितरण गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

शिक्षकहरूलाई गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेन, शिक्षा अधिकृत दीपक खनाल लगायतले परिचयपत्र प्रदान गरेका थिए । गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाटै शिक्षकहरूलाई परिचय पत्रको व्यवस्था गरिदिएको उपाध्यक्ष सोरेनले जानकारी दिइन् ।

View : 155

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved