Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ उपनिर्वाचन

मरव क्याम्पसमा कांग्रेसका उम्मेदवार खड्काले गरे मतदान

उद्घोष सम्वाददाता
१५ वैशाख २०८१, शनिवार

विराटनगर । इलाम–२ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले मतदान गरेका छन् ।

उनले इलाम सदरमुकामस्थित महेन्द्र रत्न वहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

इलाम–२ मा नेपाली कांग्रेसका खड्कासहित नेकपा एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बु र पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिष्पर्धा रहेको छ ।

त्यहाँ दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन् । कुल ४२ वटा वडा रहेको इलाम–२ मा ७९ मतदानस्थल रहेका छन् ।

View : 42

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved