Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ उपनिर्वाचन

चार घण्टामा २२ प्रतिशत मत खस्यो

उद्घोष सम्वाददाता
१५ वैशाख २०८१, शनिवार

विराटनगर । इलाम–२ को उपनिर्वाचनमा अहिले मतदान जारी छ । विहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको जनाइएको छ । 

बिहान ११ बजेसम्म करीव २२ प्रतिशत मतदान भएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहान १० बजेसम्म २० प्रतिशत खसिसकेको जानकारी दिए ।

मतदानका लागि अहिले भिड बढ्दै गएकोले यो संख्या बढेर २२ प्रतिशत पुगेको बताए ।

अहिलेसम्म करीव २५ हजार मत खसेको हुनसक्ने अनुमान गरिएको उनले बताए । 

माङसेबुङ ५ मा १०ः३० बजेसम्मा २ हजार ७ मध्ये ६०९ जनाले मतदान गरिसकेका छन् । 

सुम्बेक मावि मतदान केन्द्रमा ४०१ मत खसिसकेको जनाइएको छ । त्यस्तै इलाम नगरपालिका–५ मतदान केन्द्रमा ६७५ मत खसेको छ । त्यहाँ ३ हजार ४५६ मतदाता रहेका छन् ।

फाकफोकथुमस्थित छायाँदेवी मावि मतदान केन्द्रमा एक हजार २३० मतदाता रहेकोमा २७२ मत खसेको जनाइएको छ ।

इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् ।

इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर बहादुर खड्का, रास्वपाबाट मिलन लिम्बु र पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिष्पर्धा रहेको छ ।

दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन् । कुल ४२ वटा वडा रहेको इलाम–२ मा ७९ मतदानस्थल रहेका छन् । 

मतदान साँझ ५ बजेसम्म हुने जनाइएको छ ।

View : 85

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved