Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
विचार

पञ्जाव दीनानगरमा आर्य महासम्मेलनको रौनकता

हरि ढुंगाना
९ वैशाख २०८१, आइतवार

दयानन्द मठका अध्यक्ष स्वामी सदानन्द सरस्वती तथा दीनानगर आर्य समाजका अध्यक्ष प्रेम भारत, महामन्त्री अरुण विज, कोषाध्यक्ष राजेश महाजन र समाजसेवी हरिस भल्लालगायत दिनानगर आर्य समाजका तर्फबाट गुरुकुल विराटनगरकी पूर्व शिक्षिका उमा उप्रेती सम्मानित हुँदै ।

पञ्जावको गुरदासपुर जिल्ला अन्तर्गत दीनानगर स्थित दयानन्द मठ  छ । सो मठको स्थापना १९९५ मा स्वामी स्वतन्त्रानन्द सरस्वतीले गर्नु भएको हो । यस मठको मुख्य उद्देश्य सत्य सनातन वैदिक धर्मको संरक्षण गर्नुको साथै समाजका भेदभाव, अन्धविश्वास र अशिक्षा हटाइ उन्नत समाजको निमार्ण गर्नु रहेको छ । सो मठ अन्तर्गत दर्जनौ शिक्षण संस्थाहरु सञ्चालनमा छन् । त्यसै मठका पूर्वअध्यक्ष सन्त शिरोमणि स्वामी सर्वानन्दजी महाराजले हाम्रो विराटनगर–१४ जतुवामा अवस्थित गुरुकुल माविको शिलान्यास गर्नुभएको रहेछ । जसले गर्दा दयानन्द मठका वर्तमान अध्यक्ष तथा स्वामी सर्वानन्द महाराजका शिष्य स्वामी सदानन्द सरस्वतीको नेतृत्वमा ३२ जनाको विद्वत समूह पञ्जावदेखि लिएर आई २०७१ सालमा गुरुकुल माविको भव्य रुपमा रजतजयन्ती समारोह मनाइएको थियो । 

त्यस्तै विसं २०७३ असोज २८ र २९ गते विराटनगरमा आर्य समाजको आयोजनामा पूर्वाञ्चलस्तरीय भव्य वैदिक आर्य सम्मेलनको प्रमुख वक्ता स्वामी सदानन्द सरस्वती नै हुनुहुन्थो । स्वामीजीले विराटनगर १४ मा आर्य समाजको जमिनमा दयानन्द मठको स्थापना पनि गर्नु भएको छ । यसरी पञ्जावको दयानन्द मठसँग गुरुकुल माविको घनिष्ठ सम्बन्ध रहदै आएको र समय–समयमा धार्मिक कार्यक्रममा आउने जाने हुँदै आएको छ । 

यसै क्रममा २०८० कात्तिक १५ गतेदेखि २३ गते (नोभेम्वर १ तारिक देखि ९ तारिक) सम्म युगप्रर्वतक महर्षी स्वामी दयानन्द सरस्वतीको २ सयौं जन्मजयन्ती तथा स्वामी सर्वानन्द महाराजको १९ औं निर्वाणोत्सवको उपलक्ष्यमा दयानन्द मठ दीनानगरमा भव्य आर्य महासम्मेलनको आयोजना गरिने भएछ । जसले गर्दा आयोजित कार्यक्रममा सहभागिताको लागि दयानन्द मठका वर्तमान अध्यक्ष स्वामी सदानन्द सरस्वती तथा प्रबन्धक डा बलवीन्द्र शास्त्रीले फोनमार्फत विशेष आमन्त्रण गर्नुभयो । उहाँहरुको आमन्त्रणलाई हृदयदेखि नै स्वीकार्दै हामी शिक्षक साथी चाणक्यदयदेव उप्रेती (कमल), स्रष्टा अम्बिका खरेल उप्रेती, पूर्वशिक्षिका उमा उप्रेती गुरुआमा, सुमन उप्रेती, अनुपम उप्रेती, कमला ओली, रोनिसा ओली र मेरी ८२ वर्षीया आमा भद्रमायालगायत झापाबाट सहदेव थपलिया र अम्बिका थपालियासहित ११ जनाको समूह कात्तिक १५ गते विहान १० बजे पञ्जाबको अमृतशहर रेलबाट ओर्लियौं । 

यसरी हामी अमृतशहर पुग्दा हामीलाई भेट्न अमृतशहर निवासी माता शान्तिदेवी र उहाँका सुपुत्र वरुण शास्त्री हाम्रा लागि खानेकुरासहित लिएर रेल्वे स्टेशनमा नै पुग्नु भएको थियो । केहिवेरको कुराकानीपछि उहाँहरुले पञ्जावको लोकप्रिय खाना परौठा र चिया खुवाएर प्रशन्न बनाउनु भयो । त्यसपछि वरुणले हामीलाई ४५ रुपैयाँ प्रतिव्यक्तिका दरले दीनानगर जाने रेलको टिकट बनाउन लगाएर यात्रालाई सहज बनाए । उनको सहयोगी भावना निकै राम्रो लाग्यो । त्यसपछि दयानन्द मठबाट आएका शास्त्रीमा अध्ययनरत विद्यार्थीले अमृतशहरबाट रेल चढाएर ८५ किमी उत्तरमा रहेको दिनानगर रेल्वे स्टेशनमा पु¥याए । त्यहाँ पुग्न हामीलाई अमृतशहरबाट ३ घण्टा लाग्यो । 

जब हामी दीनानगर रेल्वे स्टेशनमा ओर्लियांै त्यहाँ हामीलाई आर्य महासम्मेलनका आयोजकका तर्फबाट आर्यजनहरुले फूलको वर्षा गरी भव्य स्वागत गर्नुभयो । त्यो क्षण निकै महत्वपूर्ण रह्यो हामीले सत्य सनातन वैदिक धर्म संस्कृतिको अनुयायी हुनुमा गर्व ग¥यौ । मेरो छेउमा रहनु भएका कमल सरले भन्दै हुनुहुन्थ्यो अतिथि देवो भवः भने कै यही हो । हाम्रो धर्मले अतिथिको सम्मान सत्कार राम्रोसँग गर्नु भनेको छ  त्यसैले हामीलाई धर्मअनुसार नै स्वागत सत्कार गरेको हो भन्दा निकै खुशी लाग्यो । 

त्यसपछि हामीलाई भ्यानमा राखेर एसएसएम हाइस्कुल, झन्गी लगियो । त्यहाँ नै हाम्रो लागि दस दिनसम्म बस्ने व्यवस्था गरिएको थियो । त्यहाँको विद्यालयको भव्य भवन, फराकिलो र सफा चौर, विभिन्न जातका बोटविरुवाका र फूलवारीमा रङ्गीचङ्गी फूलहरुको मनोहक दृश्य र शान्त बातावरणले हामीलाई आनन्दको अनुभूति दिलायो । 

त्यहाँ कात्तिक १५ गते (नोभेम्बर १ तारिक) बाट आर्य महासम्मेलन सुरु भएता पनि बिहान, दिउँसोको कार्यक्रममा हामीले भ्याउन सकेनौ । यद्यपि बेलुकाको कार्यक्रममा भने हामी बसे ठाउँबाट नजिकै भएकाले हिंडेरै दयानन्द मठ पुग्याैं । 
त्यहाँ सडकको पश्चिममा दयानन्द मठको भव्य र सुन्दर प्रवेशद्वारभित्र पसेपछि उत्तरपट्टि आयुर्वेदिक औषधि बिक्री गर्ने दयानन्द मठ फार्मेसी र साथमा नै दयानन्द संस्कृत महाविद्यालय रहेछन् । त्यतिमात्र होइन त्यहाँ दैनिक यज्ञ–हवन गर्ने विशाल यज्ञशाला, अतिथि भवन, गौशाला, छात्रावास र स्वामी सदानन्द महाराजको काठको सानो कुटी निकै आकर्षक लाग्यो । साथै त्यहाँ विभिन्न औषधिजन्य वोटविरुवाको हरियालीले हाम्रो मन नै प्रपुल्लित बनायो । 

यसरी हामी मठका सबै कुरालाई नियान्दै दयानन्द मठका वर्तमान अध्यक्ष स्वामी सदानन्द सरस्वतीसँग भेट गरी आशीर्वाद थाप्यांै । हामी नेपाल देखि कार्यक्रममा सहभागी हुन पुगेकोमा उहाँले खुशी व्यक्त गर्नु भयो । जसले गर्दा हामी पनि उत्साहित भयौं । त्यसपछि हामी हाम्रा शुभचिन्तक दयानन्द मठका प्रबन्धक डा बलवीन्द्र शास्त्रीसँग छोटो कुराकारी गरी कार्यक्रम बारे बुझ्यौं । त्यहाँबाट हामी भन्दा एक दिन अगाडि नेपालका विभिन्न ठाउँ विराटनगर, जहदा, दुर्वी, देवानगन्ज र झापाको गौरादहदेखि कार्यक्रम सहभागि हुन पुगेका ७२ जना नेपाली आर्यजनसंग अतिथि भवनमा भेट गर्दा हामी अत्यन्तै खुशी भयौ । यस समूहको नेतृत्व विराटनगरका सत्यनारायण राजवंशी र देवानगञ्जका आनन्द मुनिले गर्नु भएको थियो । 
त्यसपछि हामी सन्ध्याकालिन आर्य महासम्मेलनमा सहभागी बन्यौ । त्यहाँ दयानन्द संस्कृत महाविद्यालयका विद्यार्थीले सुन्दर वेदपाठ, यज्ञहवन, सन्ध्या र भजनउपदेक सन्दिप आर्यका ईश्वर भक्तिभावका भजनहरुका साथै स्वामी सदानन्दका मर्मस्पशी प्रवचन र उपदेशले पहिलो दिनमा नै हामीमा उत्साह जगायो ।

यस्तै हामी कात्तिक १६ गते (नोभेम्वर २ तारिक) बिहान नै नुहाईधुवाई गरी ६ः३० बजे नै दयानन्द मठ पुगिसेकका थियौ । त्यहाँ कार्तिक महिना भए पनि निकै चिसो थियो । त्यसैले भक्तजनहरुका लागि तातोपानी र चियाको राम्रो प्रबन्ध गरिएको थियो । हामीले तातो पानी , चिया पिइएर हामी ७ बजेदेखि यज्ञ हवनमा सहभागी भयौं । त्यहाँ आँपका सुकेका समिधा औषधिजन्य चरु (हवन सामाग्री), सुन्दर वेद मन्त्रको उच्चरण यज्ञ हवना प्रवचन भजनले आनन्द लियौ नै मेरी ८२ वर्षीय आमाले बडो उत्साहपूर्वक यज्ञहवनमा सहभागी भएर स्वाहा भन्दै आहुति दिंदाको क्षण निकै स्मरणीय रह्यो त्यस्तै हामीसँग जानुभएका पति पत्नी कमल उप्रेती र स्रष्टा अम्बिका उप्रेती साथै उमा उप्रेतीलगायत झापाका सहदेव थपलिया र अम्विका थपलिया यजमान बसेर यज्ञ–हवन गरेर अध्यात्मिक लाभ लिनु भएको थियो । 

त्यसरी दयानन्द मठमा भारतका विभिन्न प्रान्तबाट सयौको संख्यामा साधु सन्त, सन्यासी, विद्वानहरुको उपस्थितिले गर्दा दयानन्द मठ सत्यसनातन वैधिक धर्म संस्कृतिको केन्द्रविन्दु नै बनेको लाग्थ्यो । 

त्यसरी यज्ञ हवनको समाप्ति पछि हामी मठबाट २० किमी टाढा रहेको दयानन्द अन्तर्राष्ट्रिय पब्लिक स्कूल, धरौटा वेद प्रचारमा निस्कियौं । त्यहाँ पुग्दा हामीलाई भव्य स्वागत गरियो । त्यहाँ सबैलाई विद्यालयको सभाहलमा राखियो । त्यहाँका विद्यार्थी बढो अनुशासित रुपमा पङ्तीवद्ध भएका र साथमा शिक्षकहरु पनि बसेका थिए ।

त्यसपछि विद्यालयकी प्रँचार्य वन्दना शर्माले स्वागत भाषण गरिन् भने स्वामी सदानन्द महराज, विजय शास्त्री, डा. बवलवीन्द्र शास्त्री लगायतले स्वामी दयानन्दको जीवनीमाथि प्रवचन दिनुभयो ।

त्यस्तै पण्डित सञ्जीव वेदलकार र पण्डित सन्दिप आर्यका भजनले सबैलाई मन्त्रमुग्ध पारेको थियो । हामीलाई जाने सबैलाई विद्यालयको तर्फबाट नै भोजनको व्यवस्था थियो । यसरी अंग्रेजी माध्यमको विद्यालयमा गएर वेद, धर्म, संस्कार र महापुरुषको जीवनीको माध्यमले विद्यार्थी संस्कार सहितको सकारात्मक बाटोमा हिंडाउनु पर्दछ भने सन्देश निकै महत्वपूर्ण लाग्यो । त्यहाँबाट हामी ४ बजे दयानन्द मठमा नै फर्कियौ र वेलुकाको सन्ध्या, यज्ञ हवन, प्रवचन सुनेर निकै खुसी भयौ । 

यसरी हामी कार्तिक १७ गते बिहान दयानन्द मठमा पुगी त्यसपछिस्वामी स्वतन्त्रनन्द हाइस्कुल, झन्गीतिर लाग्यौं जहाँ आर्य महासम्मेलन राखिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले स्वामी दयानन्द सरस्वतीको जीवनीबारेमा भाषण, कविता र निबन्ध प्रस्तुत गरी प्रतिभा प्रस्तुत गरे । हामीसँग जानुभएकी गुरुकुल माविकी पूर्वशिक्षिका उमा उप्रेती गुरुआमालाई शिक्षा र धर्मको क्षेत्रमा योगदान गरेको भन्दै गुरदासपुर जिल्लाकी न्यायाधीश शिवानी लुथरा र स्वामी स्वतन्त्रतानन्द हाइस्कुलकी प्राचार्य सुशीला शर्माले दोल्सला र फूलका गुच्छाले भव्य रुपमा सम्मान गरे । जसले गर्दा हामी नेपालीहरु निकै हर्षित र गौरावाविन्त भयौ । स्वामी सदानन्द सरस्वतीले महर्षी दयानन्द सरस्वती र स्वामी सर्वानन्द महाराजको धर्मप्रतिको योगदानकोबार मर्मस्पर्शी पव्रचन तथा उपदेश गर्नुभयो ।

यस्तै कात्तिक १८ गते पनि विहानको समय दयानन्द मठमा सन्ध्या, हवन, भजन, प्रवचनमा सहभागी भई स्वामी सर्वानन्द गु्रप अफ इस्टिट्युडमा गएर वेदप्रचार ग¥यौ । त्यस्तै कार्तिक १९ मा पनि विहान दयानन्द मठमा र त्यसपछि दयानन्द मठबाट ओमका झन्डा फरफराउदै वैदिक नारा लगाउँदै नगरपारिक्रमा गर्दै आर्य समाज मन्दिर दीनानगरको आर्यमा महासम्मेलनमा सहभागी बन्यौं । त्यहाँ पनि धार्मिक प्रवचन भजन र उपदेश विभिन्न विद्वानहरुबाट सुन्यौ । त्यहाँको आर्य समाजले पनि नेपालबाट गएकी विराटनगरकी उमा उप्रेती गुरुआमा र सुनसरी देवानगन्जका आनन्द मुनिलाई वैदिक धर्मको सेवा गरेको भन्दै दयानन्द मठका स्वामी सदानन्द सरस्वती, आर्य समाज मन्दिर दीनानगरका प्रधान प्रेम भारत, महामन्त्री अरुण विज, कोषाध्यक्ष राजेश महाजन र समाजसेवी हरियस भल्लालगायतले चार वेद उल्लेखित महर्षी दयानन्द र स्वामी सर्वानन्दको तस्वीरको लोगो सहितको सम्मान गरेका थिए । जसले गर्दा पञ्जाव गएका झन्डै १०० जा नेपाली हर्षले गद्गद् भयौ । 

यसरी कार्तिक २० गते हामी शान्तिदेवी आर्य महिला कलेज दीनानगरमा वेद प्रचार गर्न ग¥यौ । विशाल कलेजको तीनतले भवन, वीचमा यज्ञशाला, फूलबारी निकै आकर्षक रहेछन् । त्यहाँ ३ हजार ५ सय कन्या अध्ययरत रहेछन । त्यहाँ भव्य रुपमा आर्य  सम्मेलन भयो । 

त्यस्तै कार्तिक २१ गते शान्तिदेवी आर्य महिला कलेज दीनानगरमा भव्य रुपमा आर्य महामहा सम्मेलन भयो । त्यही दिन स्वामी स्वतन्त्रतानन्द स्मृति कलेजमा गएर वेद प्रचार ग¥यौ भने २२ गते वेद मन्दिर अवाखाँ दीनानगरमा यज्ञ हवन, प्रवचन, उपदेश भजन गरी वेदको प्रचार ग¥यौ । २३ गते  दयानन्द मठमा नै भव्य रुपमा आर्य महासम्मेलन समापन गरिएको थियो । 

हामीले दैनिक विहान बेलुका दयानन्द मठमा सन्ध्या, यज्ञ हवन, प्रवचन भजन र आध्यात्मिक वातावरणले हामीलाई साच्चै नै अतुलनीय आनन्दको अनुभूति भयो । यसका साथै महर्षी दयानन्द सरस्वतीले भारत राष्ट्रलाई महान बनाउन उनको सम्पूर्ण जीवन नै आहुति दिएका थिए ।

समाजलाई सहीबाटोमा हिंडाउन सन् १८७५ मा मुम्बईमा आर्य समाजको स्थापना गरी समाजमा फैलिएको पाखण्ड र अन्धविश्वास, भेदभाव फाल्न मानिसमा न्याएको जागृति अति महत्वपूर्ण लाग्यो । यद्यपि दलीय तथा अछुत मानिने मानिसहरुलाई अभिभावक बनेर गलामा गला लगाएर समाजलाई समानता र एकताको सन्देश दिएको कुराले मनै छोयो । त्यतिमात्र होइन महर्षीले वेद अनुसार हिड्यौ कृण्वन्तो विश्वमार्यम्, अथात् संसारका सबै मानिसलाई श्रेष्ठ बनाई सबैलाई सुखी राख्न सबैभवन्तु सुखिनको नारा साच्चै कै महत्पूर्ण लाग्यो । 

हामी नौ दिनसम्म चलेको दीनानगरको आर्य महासम्मेलन समाप्त गरी सुनौला मूर्तिहरुको शहर भनेर चिनिने अमृतशहरका महत्पूर्ण मठ मन्दिर घुम्यौ त्यहाँ । सुनैसुनले बनेको स्वर्ण मन्दिर र दुर्गाना मन्दिर, जालियावालाबाघ भारत र पाकिस्ताको प्रसिद्ध सिमाना  मानिने भारततिर अटारी बोडर र पाकिस्तानतिर वाघा सीमामा दुवै सेनाको राष्ट्रभक्ति गीत र परेड हेरेर देशभक्ति, भाइचारा सद्भाव तथा धार्मिक भावना जागृत गरायो । यसरी हामी ११ दिनको धार्मिक यात्रा समाप्त गरी कात्तिक २८ गते नेपालआमाको स्पर्श गर्न आइपुग्दा मनमा प्रसन्नता छाएको थियो ।

View : 171

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved