Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

नीतिनको ‘मेरा तस्वीरहरु जलाइ देऊ’ (भिडियो)

विराटनगर । विराटनगरका गायक नीतिनचन्द्र गजुरेलको नयाँ गीत ‘मेरा तस्वीरहरु जलाई देऊ’ युट्युवमार्फत सार्वजनिक भएको छ । इन्द्रेणी कला प्रतिष्ठानको पहिलो प्रस्तुती रहेको यो सांगीतिक भिडियो बुधबार सार्वजनिक गरिएको हो । 

‘मेरा तस्वीरहरु जलाइ देऊ’ सांगीतिक प्रस्तुतीमा गायन नीतिनचन्द्र गजुरेलको छ भने  संगीत शंकर स्माइल, रचनाकार मुनालशिशिर कोइराला, मोडलिङमा दिपेश कोइराला र सभ्यता गिरीको छ । मुनालशिशिर कोइरालाको निर्देशनमा बनेको सो सांगीतिक भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् । 

रोमान्टिक गायकको रुपमा नीतिनको सांगीतिक प्रस्तुती बेजोड हुने गरेको र पछिल्लो प्रस्तुती ‘मेरा तस्वीरहरु जलाइ देऊ’ पनि दर्शक श्रोताहरुले राम्रो मान्ने अपेक्षा गरिएको इन्द्रेणी कला प्रतिष्ठान विराटनगरले जनाएको छ ।

View : 276

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved