Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

झी पुचः ले विराटनगरमा नेवा महोत्सव गर्दै

उद्घोष सम्वाददाता
१३ वैशाख २०८१, बिहिवार

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले विराटनगरमा नेवा महोत्सवको तयारी अघि बढाएको छ । भाषा तथा सांस्कृतिक क्षेत्रको संरक्षण, सर्म्वद्धन र जगेर्ना गर्ने उद्देश्यले शुक्रबारदेखि दुई दिने चौथो नेवाः महोत्सव आयोजना गरिएको आयोजक संस्ता झी पुचः ले जनाएको छ ।

महोत्सवमा नेवारी तथा अन्य जातीय समुदायले बनाउने विभिन्न स्वादिष्ट परिकारहरूको स्टल, स्वदेशी हस्तकला एवं सांस्कृतिक प्रस्तुतिहरू रहने जनाइएको छ ।

झी पुचः ले महोत्सवकै पूर्वसन्ध्यामा शुक्रबार कोशी प्रदेशभरिका प्राज्ञिक, बुद्धिजीवी, विज्ञ एवं नेवाः संघसंस्थाहरूको प्रतिनिधित्व रहने गरी बृहत अन्तरक्रियात्मक भेला ‘तमुज्याँ’ समेत आयोजना गरेको अध्यक्ष भविष श्रेष्ठले जानकारी दिए । तमुज्याँ सकिएपछि महोत्सव सुरु हुने कार्यक्रम रहेको उनले बताए । 

दुबै कार्यक्रम विराटनगर–१० बंगलामुखी मार्गस्थित झी पुचः सेवा भवन परिसरमा हुने जनाइएको छ । तमुज्याँमा कोशी प्रदेशभरिका एक सय बढीको सहभागिता रहने छ ।

उक्त भेलामा आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा नेवारको भूमिकाबारे कार्यपत्र प्रस्तुति, सांस्कृतिक तथा भाषिक उत्थानका सर्न्दभमा सामसामयिक छलफल गरिने कार्यक्रम रहेको जनाइएको छ ।

तमुज्याँको उद्घाटन भने उच्च अदालत विराटनगरका माननीय मुख्य न्यायधीश रमेश राजभण्डारीले गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

झी पुचः ले हरेक वर्ष नेवारी सामुदायको नेतृत्व गर्दै सामूहिक गाईजाक्रा, ब्रतबन्ध, बेलविवाह, संख्वधर साख्वा स्मारक कार्यत्रम मनाइरहेको छ । त्यसैगरी संख्वधर मार्ग निर्माण, लाखे नाच, झी पुचः जातीय संग्राहलय स्थापनासहितको कार्यक्रम पनि अघि बढाउँदै आएको छ ।

View : 58

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved