Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

ल्याक्मे सन स्क्रिनको लन्च

उद्घोष सम्वाददाता
१२ वैशाख २०८१, बुधवार

विराटनगर । युनिलिभर नेपालको सौन्दर्य प्रशाधनअन्तर्गतको ल्याक्मे सन स्क्रिन लोसन अझ परिष्कृत हुँदै नयाँ स्वरुपमा बजारमा आएको कम्पनीले जनाएको छ । नयाँ उत्पादनको बारेमा जानकारी दिन कम्पनीले विभिन्न प्रकारका सार्वजनिक कार्यक्रमहरू गरेको छ ।

यसैबीच मंगलबार कम्पनीले काठमाडौंमा दरबारमार्गदेखि झम्सीखेलसम्म पहेँले रंगको ड्रेसमा मोडलहरूको परेड गराएर ल्याक्मे सन स्क्रिन लोसनको नयाँ उत्पादनको बारे उपभोक्तालाई जानकारी दिएको छ ।

‘मी इन दी सन’ अर्थात् ‘घाममा म’ नाम दिएर मोडलहरूलाई परेड गराएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो उत्पादनको सन ब्लक लोसन प्रयोग गरे घामदेखि डराउनु पर्दैन भन्ने सन्देश दिन परेड गराएको बताएको छ ।

प्रसिद्ध सौन्दर्य ब्राण्ड ल्याक्मेले सन् एक्सपर्ट अल्ट्राम्याट लोसनको दुई  नयाँ  एसपीएफ–५० र ३० बजारमा ल्याएको हो । यी उत्पादनले घामका हानिकारक किरणहरूलाई ९७ प्रतिशतसम्म ब्लक गर्ने कम्पनीले दावी गरेको छ । जसले गर्दा यी लोसन लगाएर निर्धक्कसँग घाममा हिंड्न सकिने कम्पनीले स्पष्ट पारेको छ ।

View : 68

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved