Biratnagar, Morang, Nepal
२६ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
प्रविधि

नयाँ वर्षमा सीजी एसडिएको उपहार योजना

उद्‌घोष सम्वाददाता
२५ चैत २०८०, आइतवार

विराटनगर । नेपालकै ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरूलाई ‘केही नयाँ गरौं, नया सोचौं, र नयाँ नै रोजौं’ भन्ने मूल सन्देशका साथ ‘सीजीको नयाँ सोचौं, नयाँ रोजौं भन्ने नयाँ वर्षको उपहार योजना ल्याएको छ ।

सो उपहार योजनाअन्तर्गत सीजी एसडिएको नवीनतम प्रविधि एवम गुणस्तरयुक्त घरायसी सामाग्रीहरू खरिद गरी ग्राहकहरूले लक्की ड्र मार्फत हरेक हप्ता सीजी एसडिएका उत्कृष्ट उत्पादनहरू जित्न सक्ने छन् ।

बम्परमा दुई भाग्यमानी जोडीले थाइल्याण्ड र मेघौली सेराई घुम्न जान पाउने अवसर प्राप्त गर्न सक्ने बताइएको छ । सो योजनामा सहभागी हुन ग्राहकहरुले विज्ञापनमा दिइएको क्यूआर कोडमा स्क्यान गरी आफ्नो विवरणहरू भर्नुपर्ने छ ।

View : 384

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved