Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
साहित्य

श्रष्टा समाज कोशी प्रदेशमा मार्सेली

उद्घोष सम्वाददाता
११ वैशाख २०८१, मङ्गलवार

विराटनगर। नेपाल श्रष्टा समाज कोशी प्रदेशको संयोजकमा कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ लाई चयन गरिएको छ ।

विराटनगरमा आइतबार आयोजित कार्यक्रममा भण्डारीको संयोजकत्वमा ७ सदस्यीय कोशी प्रदेश तदर्थ समितिको चयन गरिएको हो ।

समितिको सहसंयोजकमा बाबुराम पोखरेल(विराटनगर), सचिवमा लक्ष्मी पोखरेल(विराटनगर), कोषाध्यक्षमा प्रेम ओझा(पाँचथर) र सदस्यहरूमा शारदा भट्टराई (भोजपुर), मिश्रा गुरुङ (संखुवासभा) र खगिन्द्रा खुशी (झापा) रहेका छन् ।

नेपाल श्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ र महासचिव देविका तिम्सिनाको उपस्थितिमा कोशी प्रदेश समिति गठन गरिएको संयोजक भण्डारीले जानकारी दिए ।

कोशी प्रदेश समिति गठनअघि साहित्य फरिचर्चा कार्यक्रम गरिएको थियो ।

कार्यत्रममा प्राज्ञ विवश पोखरेल, सरला चापागाईंलगायत २ दर्जन बढी साहित्य क्षेक्रका व्यत्तित्वहरूको सहभागिता रहेको थियो ।

View : 229

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved