Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
साहित्य

युगकवि सिद्धिचरण पुरस्कार घोषणा

उद्घोष सम्वाददाता
४ वैशाख २०८१, मङ्गलवार

ओखलढुंगा । युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार २०८१  प्राडा उषा ठाकुरलाई प्रदान गर्ने भएको छ । यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष वैरागी काइलाको अध्यक्षतामा बसेको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै तीन दशकदेखि युगकविका कृतित्व र व्यक्तित्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी देशविदेशमा सुयश फैलाउन विशिष्ट योगदान पुर्याएवापत प्राडा ठाकुरलाई युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रदान गर्न लागिएको उल्लेख गरिएको छ ।

यस्तै लामो समयदेखि पत्रकारिता क्षेत्रमा अनवरत योगदान गरेवापत पत्रकार कार्कीलाई युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो । पत्रकार कार्की ओखलढुंगा जिल्लामै रहेर डेढ दशकदेखि पत्रकारिता गर्दै आएका छन् ।

प्रतिष्ठानले उपाध्यक्ष प्राडा मोहन लोहनीको संयोजकत्वमा सदस्यद्वय प्राडा अभि सुवेदी र प्राडा जयराज आचार्यसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो ।

View : 154

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved