Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
साहित्य

लेखक झालाई उमुना सम्मान प्रदान

उद्घोष सम्वाददाता
११ वैशाख २०८१, मङ्गलवार

विराटनगर । ज्येष्ठ नागरिक जिल्ला संघ मोरङले सप्तरीका लेखक तथा पत्रकार अजयकुमार झालाई सम्मान गरेको छ । 

सोमबार विराटनगरमा आयोजित कार्यक्रममा उदयानन्द–मुक्तिनाथ नारायण दासी अर्याल सम्मानबाट झालाई सम्मान गरिएको हो ।

कवि उदयानन्द अर्ज्यालको विषयमा खोज अनुसन्धान गरेवापत झालाई नगद २५ हजारसहित सम्मानपक्रले सम्मानित गरिएको संघले जनाएको छ । कार्यत्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष योगेश्वर निरौलालगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, ज्येष्ठ नागरिक संघ कोशी प्रदेश अध्यक्ष मणिकुमार अर्ज्याल, विराटनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, साहित्यकार मधु पोखरेल, समाजसेवी जगतप्रसाद अर्ज्याल, अर्जुन भट्टराईलगायतले शुभकामना व्यक्त गरेका थिए ।

View : 362

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved