Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

अपाचेको आरटीआर १६०–टूभी रिफ्रेस सार्वजनिक

उद्घोष सम्वाददाता
१० वैशाख २०८१, सोमवार

विराटनगर । टीभीएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टूभी रिफ्रेस विराटनगरमा सार्वजनिक गरेको छ ।

यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे, एन्टर्क, रेडर, आइक्युव जस्ता बाइक तथा स्कुटरहरू उपलब्ध गराउँदै आएको थियो । टीभीएस बाइक र स्कुटरमा आधुनिक विशेषताहरु समावेश गर्दै प्रयोगकर्ताहरु माँझ प्रभाव पार्न सफल भएको जनाइएको छ ।

अपाचेको नयाँ मोडल आरटीआर १६०–टूभी रिफ्रेसमा कम्पनीले विभिन्न विशेषताहरू थप गरी नेपाली बजारमा सार्वजनिक गरेको हो । 

आरटीआर १६०–टूभी रिफ्रेसमा १६० सीसी आरटीआर इन्जिन रहेको कम्पनीले जनाएको छ । जसले यस सेगमेन्टकै उच्चतम् १४ दशमलव ४ पीएस पावर र १३ एनएस टर्क पैदा गर्ने दाबी गरिएको छ । 

टीभीएस स्मार्ट कनेक्टको सहायताले चालकहरूले सजिलै कल तथा टेक्स नोटिफिकेशन, क्र्यास अलर्ट जस्ता सुविधा प्राप्त गर्ने जनाइएको छ । साथै रेस इन्स्पायर्ड डिजिटल डिस्प्ले, आकर्षक एलइडी हेडल्यापसिग्नेचर एलईडी टेल ल्याम्प जस्ता सुविधा पनि रहेको कम्पनीले दाबी गरेको छ । 

यसको बजार मूल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ रहेको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक रहेको छ । यस अन्तरगत देशभर एक सय ४० वटा बढी डिलर सञ्चालित छन् । 

गुणस्तरीय उत्पादन र नवीन प्रविधिको प्रयोगले नयाँ मोडेलको अपाचेको बिक्री वितरण प्रभावकारी गतिमा हुने विराटनगरको बिक्रेता केशरीचन्द भवरलालका मेनेजर गोविन्द पोखरेलले दाबी गरे । 

बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धताले टीभीएस नेपाली बाइक र स्कुटर बजारको रुचाइएको दुईपाङ्ग्रे सवारी साधन बनेको उनले बताए ।

View : 196

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved