Biratnagar, Morang, Nepal
२९ वैशाख २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी
१२ वर्षे पूर्ण महाकुम्भमा एक हजार ६०० स्काउट परिचालन
उद्घोष सम्वाददाता २८ वैशाख २०८१, शुक्रवार

विराटनगर । सुनसरीको बराहक्षेत्र चतराधाममा लागेको १२ वर्षे पूर्ण महाकुम्भ मेलामा एक हजार ६०० स्काउट परिचालन भएका छन् । एक महिनासम्म लागेको महाकुम्भमा ठुलो संख्यामा परिचालित भएका स्काउटहरूले स्वयंसेवकका रुपमा परिचालन भएर सेवा गरेका हुन् । गत चैत २७ गतेदेखि सुरु भएको महाकुम्भ मेला शुक्रबार समापन भएको छ । उक्त महाकुम्भमा रोभर, रेन्जर र स्काउटरहरु गरी एक हजार ६०० स्काउटहरु परिचालन भएको जनाइएको छ । प्रदेश स्काउट कार्यालयको समन्वय र स्थानीय स्काउट कार्यालय, बराहक्षेत्र नगरपालिकाको व्यवस्थापनमा स्काउटका स्वयंसेवक परिचालन गरिएको हो । बराहक्षेत्र नगरमा सञ्चालित स्काउट दलहरू र कोशी प्रदेशका...

समाज
कमला–राजबहादुर कुँबर पुरस्कार घोषणा
उद्घोष सम्वाददाता २९ वैशाख २०८१, शनिवार

विराटनगर । कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठीले प्रत्येक वर्ष प्रदान गर्दै आएको विभिन्न सम्मान तथा पुरस्कारको यस वर्ष दिइने व्यक्तित्वहरुको नाम घोषणा गरेको छ । जस अन्तर्गत २५ हजार राशीको कमला–राजबहादुर कुँबर साहित्य पुरस्कार प्रमोद प्रधानलाई, १५ हजार राशीको खेलकुद पुरस्कार क्रिकेट खेलाडी तथा अन्तर्राष्ट्रिय निर्णायक बुद्धि प्रधान, ११ हजार राशीको शिक्षा पुरस्कार डा. मनिष अग्रवाल र ११ हजार राशीकै साहित्य पुरस्कार कवि प्रशान्त थापालाई प्रदान गरिने सो सेवागुठीका सचिव खगेन्द्र लामिछानेले जानकारी दिए । ती पुरस्कारहरू आगामी जेठ महिनाको पहिलो साता विराटनगरमा एक कार्यक्रमको आयोजना...

राजनीति
हिक्मत सरकारविरुद्धको रिटमा भएन अन्तरिम आदेश (आदेशसहित)
उद्घोष सम्वाददाता २८ वैशाख २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठन प्रक्रियाविरुद्ध कोशी प्रदेश प्रमुखसहितलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बिहीबार दायर भएको रिटमाथि शुक्रबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनवाई भएको थियो । रिटको पहिलो सुनुवाईपछि न्यायाधीश फुयालको इजलासले संविधानको समेत व्याख्यासँग जोडिएको विषय भएको भन्दै पाँचवटा प्रश्नहरूको निरुपण हुनुपर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।  रिट निवेदकको तर्फबाट माग भएका दाबीका विषयमा संवैधानिक व्याख्यासँग जोडिएको भन्दै अदालतको पूर्ण सुनुवाइबाट निरू...

राष्ट्रिय
हिक्मत सरकारविरुद्धको रिटमा भएन अन्तरिम आदेश (आदेशसहित)
उद्घोष सम्वाददाता २८ वैशाख २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठन प्रक्रियाविरुद्ध कोशी प्रदेश प्रमुखसहितलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बिहीबार दायर भएको रिटमाथि शुक्रबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनवाई भएको थियो । रिटको पहिलो सुनुवाईपछि न्यायाधीश फुयालको इजलासले संविधानको समेत व्याख्यासँग जोडिएको विषय भएको भन्दै पाँचवटा प्रश्नहरूको निरुपण हुनुपर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।  रिट निवेदकको तर्फबाट माग भएका दाबीका विषयमा संवैधानिक व्याख्यासँग जोडिएको भन्दै अदालतको पूर्ण सुनुवाइबाट निरू...

आर्थिक
सहकारी संस्थाको सुरक्षाको माग
उद्घोष सम्वाददाता २६ वैशाख २०८१, बुधवार

विराटनगर । मोरङका सहकारी संस्थाहरूमा श्रृंखलाबद्ध रुपमा चोरी, तोडफोड र कर्मचारीमाथि आक्रमण जस्ता आपराधिक गतिविधिहरू बढेको भन्दै उक्त कार्य नियन्त्रण गर्न र दोषी पत्ता लगाई कार्वाहीको माग राख्दै जिल्ला सहकारी संघले  मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।  संघका जिल्ला अध्यक्ष डा.डिल्ली पोखरेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई  ज्ञापन पत्र बुझाउँदै जिल्लाका विभिन्न स्थानमा सहकारी संस्थामा तोडफोड गरी नगद तथा भौतिक सामान चोरी गर्ने, कर्मचारीलाई कुटपिट र अभद्र व्यवहार गर्ने जस्ता कार्य नियन्त्रण गरि शान्...

शिक्षा
उपकुलपति थपलियाद्वारा पदभार ग्रहण
उद्घोष सम्वाददाता २४ वैशाख २०८१, सोमवार

गोठगाउँ । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)का नवनियुक्त उपकुलपति प्राडा बिजुकुमार थपलियाले आइतबार पदभार ग्रहण गरेका छन् । उपकुलपति थपलियाले सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहान १०ः १५ बजे पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणलगत्तै उनले परीक्षा प्रणालीमा सुधार गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेर उपकुलपतिको जिम्मेवारी शुरूवात गरेको विश्वविद्यालयले जनाएको छ । पदभार ग्रहणपछि आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक संघ तथा कर्मचारी संघका सभापतिलगायतले नवनियुक्त उपकुलपति थपलियालाई स्वागत गर्दै कार...

स्वास्थ्य
यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा सञ्चारकर्मीको चासो
उद्घोष सम्वाददाता २९ वैशाख २०८१, शनिवार

विराटनगर । यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका बारेमा आमनागरिकलाई पूर्ण रुपमा जानकारीको अभाव रहेको एक कार्यक्रमका सहभागीहरूले औंल्याएका छन् ।  अझै पनि यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका बारेमा पर्याप्त जानकारी नहुँदा निसन्तानको समस्या भोग्दै आएका महिलाहरूले विभिन्न लान्छना खेप्नुपरेकोमा सहभागीहरूले चिन्ता व्यक्त गरेका छन् । महिलाले समाजबाट अनेकौ किसिमका बिभेद तथा लाल्छाना भोग्न बाध्य भएको भन्दै त्यसको न्यूनीकरणका लागि समाजमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका बारेमा उनीहरूले थप जनचेतना आवश्यक रहेको औंल्याएका हुन् ।   ओरेक नेपालले शनिबार विराटनगरमा आयोजना गरेको यौन तथा प्रजनन्...

खेलकुद
बीमा कम्पनीबीच मैत्रीपूर्ण फुटबल
उद्घोष सम्वाददाता २९ वैशाख २०८१, शनिवार

बिराटनगर । बिराटनगरको शहीद रंगशालामा जीवन तथा निर्जीवन बीमा कम्पनीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले शनिबार प्राधिकरणको ५६औं बार्षिकोत्सवको अवसरमा सो प्रतियोगिता गरेको हो । सो मैत्रीपूर्ण खेलमा निर्जीवन बीमा टिमले २–१ को गोल अन्तरले जीवन बीमा टिमलाई पराजित गरेको थियो । बिजयी टिमबाट प्रेमकुमार शाक्य र इशान्त तामाङले गोल गरेका थिए भने उपबिजेता टिमबाट तुलसी पौडेलले गोल गरेका थिए । खेलको उत्कृष्ट खेलाडी इशान्त तामाङ घोषित भएका थिए । उक्त खेलको समापन गर्दै प्राधिकरणका प्रदेश प्रमुख बिनोदकुमार पोखरेलले बिजेता तथा उपविजेता टोली...

साहित्य
कमला–राजबहादुर कुँबर पुरस्कार घोषणा
उद्घोष सम्वाददाता २९ वैशाख २०८१, शनिवार

विराटनगर । कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठीले प्रत्येक वर्ष प्रदान गर्दै आएको विभिन्न सम्मान तथा पुरस्कारको यस वर्ष दिइने व्यक्तित्वहरुको नाम घोषणा गरेको छ । जस अन्तर्गत २५ हजार राशीको कमला–राजबहादुर कुँबर साहित्य पुरस्कार प्रमोद प्रधानलाई, १५ हजार राशीको खेलकुद पुरस्कार क्रिकेट खेलाडी तथा अन्तर्राष्ट्रिय निर्णायक बुद्धि प्रधान, ११ हजार राशीको शिक्षा पुरस्कार डा. मनिष अग्रवाल र ११ हजार राशीकै साहित्य पुरस्कार कवि प्रशान्त थापालाई प्रदान गरिने सो सेवागुठीका सचिव खगेन्द्र लामिछानेले जानकारी दिए । ती पुरस्कारहरू आगामी जेठ महिनाको पहिलो साता विराटनगरमा एक कार्यक्रमको आयोजना...

वातावरण
खडेरीले विराटनगरमा पानीको समस्या
उद्घोष सम्वाददाता २३ वैशाख २०८१, आइतवार

विराटनगर । लामो खडेरीका कारण जमिन मुनिको पानी सुक्दै गएकाले विराटनगरमा पनि पानीको हाहाकार हुन थालेको छ । नेपाल खाने पानी संस्थानद्वारा वितरित पानीमा दिनहुँ समस्या देखिन थालेको छ । जमिन मुनिको पानी सुक्दै गएकाले उपभोक्ताले चाहे जति पानी नेपाल खानेपानी संस्थानले दिन सकिरहेको छैन । नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार विराटनगर महानगरपालिका भित्र नेपाल खानेपानी संस्थानका १३ हजार जति ग्राहक छन् । दैनिक ९० लाख लिटर पानीको खपत हुन्छ । संस्थानले जम्म १३ वटा कुवाबाट पम्प गरेको पानी उपभोक्ताको घर–घरमा पुर्‍याउने गरेको छ । मिल्सएरिया, देवकोटा चोक, पानीट...

मनोरञ्जन
सुन्दरहरैंचामा गजल महफिलको पाँचौं श्रृंखला
उद्घोष सम्वाददाता २५ वैशाख २०८१, मङ्गलवार

सुन्दरहरौचा । सुन्दरहरैंचामा आयोजित बृहत् गजल महफिल २०८१ को पाँचौं श्रृंखला सम्पन्न भएको छ ।  सुन्दरहरैंचा साइकल राइडर्स समूहको आयोजना तथा बाल बगैंचा मन्टेश्वरीको व्यवस्थापनमा स्वास्थ्य कला साहित्य क्षेत्रका माध्यमबाट मनोरञ्जन प्रदान गर्न गजल महफिल भएको हो । गजल महफिलमा सुनसरीका गजलकार राज भट्टराई, अछामका लक्ष्मण सङ्गम,पोखराका  विनोद परिवर्तित र काठमाडौंका  विमला दाहालले तीन–तीन चरणमा आ–आˆना चर्चित गजल वाचन गरेको सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष छवि बैरागी घिमिरेले जानकारी दिए ।  कार्यक्रममा  किशोर कोइरालाद्वारा लिखित पुस्तक &lsq...

अन्तर्राष्ट्रिय
पाकिस्तानमा एकसाता परेको चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु
उद्घोष सम्वाददाता ३ वैशाख २०८१, सोमवार

लाहोर, ३ वैशाख । पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो ।  पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । ’मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न, &l...

प्रविधि
विराटनगरमै विद्युतीय गाडीको कारखाना खोल्न टिकाराम पुरीले गरे चाइनामा सम्झौता
उद्घोष सम्वाददाता १७ वैशाख २०८१, सोमवार

विराटनगर । विराटनगरमै विद्युतीय गाडीको कारखाना खोल्नका लागि विराटनगरकै उद्यमी टिकाराम पुरीले सोमबार चाइना पुगेर सम्झौतामा हस्ताक्षर गरेका छन् । उनले नेपालमा विद्युतीय सवारी साधनको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सबै प्रकारका चारपाङ्ग्रे सवारी साधन उत्पादन गर्ने कारखाना खोल्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका हुन् ।  एक वर्षभित्र विद्युतीय सवारी साधन उत्पादन गर्ने तयारीका साथ कोशी एनके मोटर्स प्रालिका अध्यक्ष रहेका पुरीले चाइनाको स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनी लिमिटेडसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् । चाइनाको फुजियान प्रान्तमा रहेको उक्त अटो बडी कम्पनीसँग स्थानीय ज्योतिष शास्...

विचार
सबैको ध्यान इलाम २ मा
डीपी ढुंगेल १० वैशाख २०८१, सोमवार

लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन हो । जनताद्वारा छानिएका जनप्रतिनिधिले देश सञ्चालन गर्ने अन्तर्राष्ट्रिय विधि नै लोकतन्त्रको विशेषता हो । कोशी प्रदेशको इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । विसं २०७९ सालको संसदीय निर्वाचनबाट निर्वाचित पूर्व सभामुख सुवासचन्द्र नेवाङको देहान्तपछि इलाम क्षेक्र नम्बर २ रित्त थियो । निर्वाचन आयोगको कार्यालयले यही वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोकिसकेको छ । जसले गर्दा अहिलेको राजनीति इलाम क्षेत्र  नम्बर २ मा तातेको छ । इलाममा यतिखेर २० राजनीतिक दलहरु तथा अन्य स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारपचारमा व्यस...

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved