Biratnagar, Morang, Nepal
६ जेठ २०८१, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

उपमेयर कप महिला भलिबल हुने

उद्घोष सम्वाददाता
२५ वैशाख २०८१, मङ्गलवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित नगर खेलकुद विकास समितिको आयोजनामा उपमेयर कप महिला भलिबल  प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता बैशाख २७ मा उद्घाटन भएर २९ गते समापन हुने आयोजकले जानकारी गराएको छ ।

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबलमा ८ वटा टिमको सहभागिता रहने  र प्रतियोगिताका लागि तीन लाख खर्च हुने आयोजक समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा लेटाङ, सुन्दरहरैंचा, पथरी, बुढीगंगा, रतुवामाई, कानेपोखरी, बेलबारी, केराबारी, लगायतका पालिकाका टिमहरूले सहभागिता जनाउने जनाइएको छ ।

सुकुना माविको खेल मैदानमा हुने  प्रतियोगितामा प्रथम हुने टिमले  ५० हजार र दोस्रो हुनेले २५ हजार पुरस्कार पाउने छन । साथै उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिका सदस्य तथा नगर प्रवक्ता रोनशप्रसाद ढकालले जानकारी दिए ।

View : 52

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved