Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

बहुभाषिक कवि गोष्ठी

उद्घोष सम्वाददाता
२३ वैशाख २०८१, आइतवार

विराटनगर । विराटनगरमा बहुभाषिक कवि गोष्ठी तथा साहित्य परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । विराट मैथिल नाट्यकला परिषद् र मैथिली साहित्य अभियानको आयोजनामा शनिबार कवि गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा कवि प्रिन्स प्रमोद ढकाल, उद्धव केसी, भवानी पोखरेल र रोहिणी रसिकले नेपाली भाषाका कविता वाचन गरे । कवि कर्ण संजय तथा शान्ता कर्णले मैथिली भाषाका कविता वाचन गरे ।

कलाकर्मी खेम नेपालीको प्रमुख आतिथ्यतामा भएको कवि गोष्ठीमा प्रवीणनारायण चौधरी, शिला चौधरी र बाबुराम पोखरेल लगायतको सहभागिता थियो । 

साहित्य उत्थानको उद्देश्यसहित प्रत्येक महिना बहुभाषिक कवि गोष्ठी आयोजना गर्ने गरिएको आयोजक विराट मैथिल नाट्यकला परिषदका अध्यक्ष डोमी कामत ज्योतिले जानकारी दिए । 

View : 77

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved