Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

विराटनगरमै विद्युतीय गाडीको कारखाना खोल्न टिकाराम पुरीले गरे चाइनामा सम्झौता

एक वर्षभित्र विद्युतीय सवारी साधन उत्पादन गर्ने तयारीका साथ कोशी एनके मोटर्स प्रालिका अध्यक्ष रहेका पुरीले चाइनाको स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनी लिमिटेडसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उद्‌घोष सम्वाददाता
१७ वैशाख २०८१, सोमवार

विराटनगर । विराटनगरमै विद्युतीय गाडीको कारखाना खोल्नका लागि विराटनगरकै उद्यमी टिकाराम पुरीले सोमबार चाइना पुगेर सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उनले नेपालमा विद्युतीय सवारी साधनको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सबै प्रकारका चारपाङ्ग्रे सवारी साधन उत्पादन गर्ने कारखाना खोल्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका हुन् । 

एक वर्षभित्र विद्युतीय सवारी साधन उत्पादन गर्ने तयारीका साथ कोशी एनके मोटर्स प्रालिका अध्यक्ष रहेका पुरीले चाइनाको स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनी लिमिटेडसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

चाइनाको फुजियान प्रान्तमा रहेको उक्त अटो बडी कम्पनीसँग स्थानीय ज्योतिष शास्त्र अनुसार बिहान १० बजेर १८ मिनेटमा सम्झौता पत्रमा द्वीपक्षीय हस्ताक्षर भएको जनाइएको छ । 

सम्झौता भएसँगै अब नेपालमा नै चाइनिज तथा कोरियन प्रविधिका चारपाङ्ग्रे विद्युतीय गाडी उत्पादन हुने दाबी गरिएको छ । कारखानाको प्लान्ट मोरङको बुढीगंगामा रहने छ । त्यहाँ करिव १५ बिघा क्षेत्रफलमा कारखाना सञ्चालन हुने जनाइएको छ । 

कारखाना स्थापनाका लागि ३ अर्ब रुपैयाँको लागत रहने कोशी एनके मोटर्स प्रालिका अध्यक्ष पुरीले बताए । 

उनले प्लान्ट स्थापना भएको एक वर्षभित्र सबै प्रकारका चारपाङ्ग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए । उक्त प्लान्टबाट आवश्यकता अनुसार प्रत्येक महिना ७५० वटासम्म गाडी उत्पादन क्षमतामा रहेको जनाइएको छ ।

View : 903

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved