Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

निःशुल्क आँखा शिविर

उद्घोष सम्वाददाता
२३ वैशाख २०८१, आइतवार

विराटनगर । विराटनगर महानगरपालिका– ३ स्वतन्त्र टोल विकास संस्था, विराट आवासीय पुरुष सञ्जाल र प्रकाशेश्वर शिवालय सेवा समितिको आयोजनामा शनिबार भएको शिविरमा दुई सय बढीको निःशुल्क आँखा  परीक्षण गरिएको छ ।

जनरल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालि विराटनगर–१३ को प्राविधिक सहयोगमा शिविर भएको  हो ।

विराट आवासीय पुरुष सञ्जालका अध्यक्ष गुणराज घिमिरेले शिविरमा आँखाको मोतिया बिन्दु, लेन्स, आँखा पाक्नेलगायत समस्याहरू देखा परेको बताए ।

View : 157

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved