Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

हिक्मतको क्याबिनेटमा राम राना र दुर्गा चापागाँई मन्त्री बन्दै

उद्घोष सम्वाददाता
२७ वैशाख २०८१, बिहिवार

विराटनगर । बिहीबार मुख्यमन्त्री नियुक्त भएका हिक्मत कुमार कार्कीको क्याबिनेटमा पहिलो चरणमा राम बहादुर राना मगर र दुर्गा प्रसाद चापागाँई मन्त्री बन्ने भएका छन् । नेकपा एमालेबाट राना मगर र माओवादी केन्द्रबाट चापागाँई मन्त्री बन्न लागेका हुन् ।

इलामका राना मगर एमाले संसदीय दलका उपनेता एवं पार्टी केन्द्रीय सदस्य हुन् । चापागाँई तेह्रथुमबाट निर्वाचित प्रदेश सांसद एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य पनि हुन् ।

पहिलो चरणमा मुख्यमन्त्री कार्कीले राना मगर र चापागाँईलाई मन्त्रिमण्डलमा सहभागी गराउन लागेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री कार्कीसहित दुवै मन्त्रीहरुलाई आजै अपरान्ह ५ बजे सपथ ग्रहण गराउने जनाइएको छ ।

मन्त्रीहरुको मन्त्रायलय तोक्ने विषयमा शिर्ष नेतृत्वबिच छलफल चलिरहेको जनाइएको छ । 

View : 68

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved