Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

सुन्दरहरैंचामा गजल महफिलको पाँचौं श्रृंखला

उद्घोष सम्वाददाता
२५ वैशाख २०८१, मङ्गलवार

सुन्दरहरौचा । सुन्दरहरैंचामा आयोजित बृहत् गजल महफिल २०८१ को पाँचौं श्रृंखला सम्पन्न भएको छ । 

सुन्दरहरैंचा साइकल राइडर्स समूहको आयोजना तथा बाल बगैंचा मन्टेश्वरीको व्यवस्थापनमा स्वास्थ्य कला साहित्य क्षेत्रका माध्यमबाट मनोरञ्जन प्रदान गर्न गजल महफिल भएको हो ।

गजल महफिलमा सुनसरीका गजलकार राज भट्टराई, अछामका लक्ष्मण सङ्गम,पोखराका  विनोद परिवर्तित र काठमाडौंका  विमला दाहालले तीन–तीन चरणमा आ–आˆना चर्चित गजल वाचन गरेको सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष छवि बैरागी घिमिरेले जानकारी दिए । 

कार्यक्रममा  किशोर कोइरालाद्वारा लिखित पुस्तक ‘शीतको ताप’ का विषयमा चर्चा समेत गरिएको थियो ।

गजल महफिलमा पूर्व सांसद तथा साहित्यकार हर्कमान तामाङ, समाजसेवी सुरेन्द्रबहादुर थापा, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राई, नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेलगायत सहभागी  थिए । 

गजल महफिलमा छिमेकी पालिका, पूर्वक्षेत्रलगायत विभिन्न स्थानका सर्जकहरूको उपस्थिति रहेको आयोजक राइडर्स समूहका अध्यक्ष खेमराज दाहालले बताए ।

View : 63

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved