Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

बीए एलएलबी पहिलो वर्षका विद्यार्थीहरूको स्वागत

उद्घोष सम्वाददाता
२३ वैशाख २०८१, आइतवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, कलेज अफ ल को बीए एलएलबी पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई द्वितीय वर्षका विद्यार्थीहरूले स्वागत गरेका छन् । 

शनिबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको हो । पहिलो वर्षको कक्षा गत मंसिरमै सुरू भए पनि त्यो समयमा द्वितीय वर्षको परीक्षा नजिकिएका कारण विद्यार्थीहरूलाई स्वागत गर्न ढिलाइ भएको विद्यार्थीहरूको भनाइ छ । 

फहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गर्ने क्रममा विद्यार्थीहरूले कविता, गजल, गीत, मुत्तक, नृत्य, फेसन शो र नाटक प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले कविता, मुक्तक, नाटकको माध्यमद्वारा समसामयिक राजनीतिका साथै विद्यमान विकृति र विसङ्गतीका विषयमा कटाक्ष गरेका थिए । 

बीए एलएलबी पहिलो वर्षमा भर्ना हुनु न्याय क्षेत्रमा प्रवेश हुनु हो भन्दै जिल्ला न्यायाधीश पारशमणी पोखरेलले विद्यार्थीहरूलाई न्याय क्षेत्रमा स्वागत गरे । 

अहिलेको इन्टरनेटको पुस्ता इन्टरनेटको लत पर्ने, इन्टरनेटको लतले निराशा (डिप्रेसन) बढाएको भन्दै न्यायाधीश पोखरेलले यसबाट जोगिन विद्यार्थीहरूलाई सुझाव दिए । 

पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा तथा कानून सङ्कायका डीन प्रा.डा. अनिलकुमार पोखरेल, क्याम्पस प्रमुख महेशप्रसाद निरौला, उपप्राध्यापकद्वय नीता प्याकुरेल, दुर्गाप्रसाद बास्तोला, प्रशासन प्रमुख राजकुमार बास्तोलाले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका थिए । कलेज अफ लले स्नातक तहका बीए एलएलबी र एलएलबी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

View : 61

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved