Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, आजै सपथ (पत्रसहित)

उद्घोष सम्वाददाता
२७ वैशाख २०८१, बिहिवार

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न नेकपा एमालेका ३९ र नेकपा माओवादी केन्द्रका १३ जना गरी जम्मा ५२ जना प्रदेश सभा सदस्यहरूले प्रदेश प्रमुखको अगाडि सनाखत गरेका थिए ।

५२ जनाको संख्या कोशी प्रदेश सभाको कुल सदस्य संख्या ९३ को बहुमत भएको भन्दै प्रमुख खापुङ्गले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसैबीच मुख्यमन्त्री कार्कीको सपथ ग्रहण आजै हुने भएको छ । प्रदेश प्रमुख खापुङ्गले कार्कीलाई मुख्यमन्त्री नियुक्तिको निर्णय गर्दै आजै सपथ ग्रहण हुने जानकारी दिएका हुन् ।

View : 49

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved