Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी सर्वसम्मत, हजुरबुवादेखि नातीसम्म अध्यक्ष बन्ने रेकर्ड

अनिलकुमार साह बरिष्ठ उपाध्यक्ष बनेका छन् । बरिष्ठ उपाध्यक्ष भएसँगै उनी दुई बर्षपछि स्वतः अध्यक्ष हुनेछन् ।
उद्घोष सम्वाददाता
२४ वैशाख २०८१, सोमवार

विराटनगर । अनुपम राठी मोरङ उद्योग व्यापार संघको ३४औं कार्यकारिणी समितिमा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । उनी देशकै सबैभन्दा जेठो उद्योग वाणिज्य संघका रुपमा रहेको साविकको मोरङ व्यापार संघमा एउटै परिवारबाट नेतृत्व गर्ने तेस्रो पुस्ताको अध्यक्ष बनेका हुन् ।

संघको ६७ औं साधारण सभाले अर्को कार्यसमितिको सोमबार सम्पन्न निर्वाचनबाट राठी सर्वसम्मत अध्यक्ष बनेका हुन् । उनी स‌ंघको नाम फेरिएपछिको पहिलो अध्यक्ष पनि बनेका हुन् । यसअघिको नाम मोरङ व्यापार संघलाई फेरेर यसै बर्ष मोरङ उद्योग व्यापार संघ बनाइएको थियो । संघका वर्तमान अध्यक्ष नविन रिजालको नेतृत्वमा रहेको कार्यकारिणी समितिको दुई वर्षे कार्यकाल सकिएपछि साधारण सभासँगै निर्वाचन पनि सम्पन्न भएको हो ।

संघको विधान अनुसार पहिले १९ सदस्यीय कार्यकारिणी समिति चयन भएको थियो । कार्यकारिणी समितिको बैठकले अध्यक्षमा राठीलाई चयन गरेको हो ।

अनुपम अघि उनका हजुरवुवा स्व. आशकरण राठी वि.सं. २०३८ सालमा मोरङ व्यापार संघको अध्यक्ष भएका थिए । त्यस्तै २०४९ सालमा आशकरणका जेठा छोरा नन्दकिशोर राठी अध्यक्ष भए ।

अहिले नन्दकिशोरका छोरा अनुपमले संघको नेतृत्व सम्हालेका छन् । 

अनिलकुमार साह बरिष्ठ उपाध्यक्ष बनेका छन् । बरिष्ठ उपाध्यक्ष भएसँगै उनी दुई बर्षपछि स्वतः अध्यक्ष हुनेछन् । 

उपाध्यक्षमा विकाशकुमार बेगवानी र अनिल सारडा चयन भएका छन् । संघको महासचिवमा संजय श्रेष्ठ, सचिवमा अमित सारडा, कोषाध्यक्षमा राजेश बगडिया (अग्रवाल) चयन भएका छन् । 

सदस्यहरुमा दिपेश सुवेदी, सुशिल सुराना, विवेक अग्रवाल, मनिषकुमार मारु, देवाशिष गोल्छा, विनित सिंघानिया, अमित राठी, आशिष जाजु, पवन राठी चयन भएका छन् ।

त्यसैगरी गोपाल अग्रवाल, ओमप्रकाश शर्मा, कृष्णप्रसाद रिजाल, बन्दना जैन, धिरज मोहता, विनोद बोहरा, डा. दिपेन्द्र नौलखा, पंकज गोयल, संजिव श्रेष्ठ पनि संघमा कार्यकारिणी समितिको सदस्य चयन भएका हुन् ।

वि.सं. २००८ सालमा स्थापित मोरङ व्यापार संघको ७२ वर्षको लामो इतिहास छ । मोरङ व्यापार संघको नेतृत्व प्राय सर्वसम्मत रूपमै चयन हुँदै आइरहेको छ । 

संघको संस्थापक अध्यक्ष शोभाचन्द्र पटवारी हुन् । त्यसपछि दोस्रो अध्यक्ष गजाधर गोयन्काले तीन कार्यकाल संघको नेतृत्व लिएका थिए । उनी पछि कसैले पनि तीन पटक नेतृत्व लिने अवसर पाएका छैनन् ।

बाबु र छोरा नेतृत्वमा आउनेमा पं मेघराज शर्मा (२०३५ साल) र सुरेशकुमार शर्मा (२०४० साल) पनि हुन् । तीन पुस्ताले नेतृत्व गर्ने अवसर भने राठी परिवारले मात्रै प्राप्त गरेका हुन् । 

View : 145

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved