Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

महानगरको अनुगमनमा मासु पसलमा भेटियो कुहिएको मासु

उद्घोष सम्वाददाता
२४ वैशाख २०८१, सोमवार

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र तीन क्षेत्रमा विभाजित गरेर माछा–मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । 

अनुगमनका क्रममा पसलको नवीकरण, दर्ता, सरसफाई, तौललगायत हेर्ने गरिएको महानगरको पशुपंक्षी विकास शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए । 

शाखा प्रमुख यादवको नेतृत्वमा रोडशेष दक्षिणको क्षेत्रमा सञ्चालित पसलहरूको अनुगमन गरिएको छ । 

टोलीमा यादवसहित डा. सरहना सुवेदी, गणेश पौडेल, नगर प्रहरी निरीक्षक राजन पौडेललगायतको सहभागिता रहेको थियो । 

माछा मासु पसलमा कमीकमजोरी भेटिए पहिलो पटकलाई सचेत गराएर छाड्ने यादवले बताए । फेरि पनि कमजोरी भेटिए कारबाही गर्ने उनको भनाइ थियो । 

अनुगमनका क्रममा देवकोटा चोकस्थित रोयल मिट सेन्टरमा कुहेको मासु भेटिएको थियो । टोलीले १० किलो खसीको मासु नष्ट गरेको यादवले जानकारी दिए । 

महानगरले चालु आर्थिक वर्षको हालसम्म ४२ वटा माछा मासु पसलको अनुगमन गरिसकेको छ । गत आर्थिक वर्ष महानगरले ८५ वटा पसलको अनुगमन गरेको थियो । 

महानगर क्षेत्रभित्र करिब २ सय माछा मासु पसल सञ्चालनमा रहेका छन् । 

तीमध्ये करिब ३५ प्रतिशत अझै दर्ता प्रक्रियामा नआएको शाखा प्रमुख यादवले बताए ।

View : 75

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved