Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको पदस्थापन

मणिराम दाहाल
२५ वैशाख २०८१, मङ्गलवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सुन्दरहरैंचा उवासका निवर्तमान अध्यक्ष कृष्णप्रसाद रिजालले नवनिर्वाचित अध्यक्ष नारायण कार्की लगायतको टोलीलाई  पद हस्तानान्तरण गरे । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त  रामप्रसाद गजुरेलले प्रमाणपत्र वितरण गरेर नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।

हालै भएको निर्वाचनबाट संघमा नारायण कार्कीको नेतृत्वमा सर्वसम्मत पदाधिकारी तथा सदस्यहरू चयन भएका थिए। वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद ढकाल, प्रथम उपाध्यक्ष डोलेश्वर तिम्सिना (नविन), उद्योग उपाध्यक्षमा नगेन्द्रप्रसाद दाहाल, वाणिज्य उपाध्यक्षमा उज्वल , अन्तर्राष्ट्रिय उपाध्यक्षमा डिल्लीप्रसाद ढकाल र महासचिवमा हरि कार्की चयन भएका छन् ।

यसैगरि उपमहासचिव रामकृष्ण खड्का, उद्योग सचिवमा शारदाप्रसाद ढकाल, वाणिज्य सचिवमा रामकुमार बस्नेत (विप्लव), एसोसिएट सचिवमा मनोज गुरागाई, अन्तर्राष्ट्रिय सचिव नायकप्रसाद धमला र कोषाध्यक्षमा कृष्णप्रसाद ओझा छन ।

सदस्यहरूमा माधव शिवा, मोहन पोखरेल, नवराज खरेल, गोपाल फुयाल, टीकाबहादुर कँडेल, प्रदिप मास्के, महिला सदस्यहरूमा यसोदा चापागाईं, अनिता अधिकारी, पद्मा भट्टराई, खुद्रा व्यवसायी संघबाट कृष्णप्रसाद पराजुली, होटल तथा पर्यटन सदस्य संघबाट आकाश दुलाल र सुनचाँदी व्यवसायी संघबाट सुजाता पौडेल  छन् ।

यस्तै लेखा समिति संयोजकमा रूद्र थापा, लेखा सदस्यमा धरणीधर दाहाल र कृष्णप्रसाद आचार्य छन् ।  सपथ ग्रहण समारोहमा नेपाल उद्योग बाणिज्य महासंघको कोशी प्रदेश अध्यष राजेन्द्र राउत, निर्वाचन आयुक्त गोविन्द कार्की ,  सुन्दरहरैंचा उवासका पूर्व अध्यक्ष नवराज चापागाईं, भोलेश्वर दुलाल, गोपालबहादुर थापा ,संस्थापक अध्यक्ष कृष्णप्रसाद दुलाल ,नगर प्रमुख केदारप्रसाद गुरागाई लगायत नवनिर्वाचित टोलीलाई  शुभकामना दिएका थिए ।

वि.स २०५४ सालमा इन्द्रपुर व्यापार प्रवन्ध समितिको नामबाट  स्थापना भएको सुन्दरहरैंचा उवासमा हाल ३ हजार ४ सय २८ व्यवसायी आवद्व छन् ।

View : 140

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved