Biratnagar, Morang, Nepal
६ जेठ २०८१, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

ओलम्पिकका सहभागी खेलाडीलाई सम्मान

उद्घोष सम्वाददाता
२३ वैशाख २०८१, आइतवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित नेपालिरिका होटलमा आयोजित तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रम सम्पन्न भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा भएको कार्यक्रममा सन् १९८८ मा भएको ओलम्पिकका सहभागी १२ खेलाडीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा राजकुमारी पाण्डे, मेनुका राउत, हरि रोकाया, विधान लामा, डम्बर कुँवर, पार्वती थापा, रामबहादुर गिरी, गंगाराम डंगोल, डम्बरदत्त भट्ट, विष्णुबहादुर सिंह, ऋषिराम प्रधान र टिकाबहादुर बोगटीलाई सम्मान गरिएको हो ।

उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, एसोसिएसनका अध्यक्ष दिपक बिष्ट र बोर्डका पूर्व सदस्य सचिव हंशराज वाग्लेले सम्मान गरेका थिए ।

ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा मलेसिया, सिंगापुर, बेलायत लगायतका ६ जना ओलम्पियन्स खेलाडीहरू समेतको सहभागिता रहेको थियो । कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी तथा २५ जना प्रदेशभित्रका चर्चित खेलाडीको सहभागिता रहेको थियो ।

View : 41

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved