Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

प्याब्सन र न्यूरोबीच साझौता

उद्घोष सम्वाददाता
२३ वैशाख २०८१, आइतवार

विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच प्याब्सनमा आवद्ध सदस्यहरूको सहुलियतमा उपचार गर्न  सम्झौता भएको छ । 

सम्झौतादारी पत्रमा प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार न्यूरोले  प्याब्सन आवद्ध सदस्य, सञ्चालक, प्रिन्सिपल, शिक्षक, कर्मचारी र आश्रित परिवारको सहुलियतमा उपचार गरिदिने भएको छ  । यस्तै बहिरंग सेवा निःशुल्क र ल्याबमा विशेष छुट दिने समझदारी भएको छ ।

सम्झौता कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, वरिष्ठ सल्लाहकार सावित्रीकुमारी पराजुली, प्रमुख सल्लाहकार सीतला सुब्बा, कोषाध्यक्ष विष्णु डंगोल, विराटनगर प्याब्सन उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव अशोक लामालगायतको उपस्थिति रहेको थियो ।

View : 44

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved