Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

सुनसरीमा दुई वर्षपछि जिल्ला लिग फुटबल

उद्घोष सम्वाददाता
२५ वैशाख २०८१, मङ्गलवार

सुनसरी । सुनसरीमा दुई वर्षपछि जिल्लास्तरीय लिग फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ सुनसरीले वैशाख २६ देखि जेठ ९ गतेसम्म जिल्लाको ‘ए’ डिभिजन लिग हुने जानकारी गराएको छ ।

अखिल नेपाल फुटबल संघको संयोजनमा हुने लिग इटहरी र धरान क्षेत्र गरी दुई स्थानमा हुने जिल्ला फुटबल संघ सुनसरीका महासचिव कोबिदजंग कार्कीले जानकारी दिए ।

इटहरी र धरान रंगशालामा हुने प्रतियोगितामा सुनसरी जिल्ला फुटबल संघमा आबद्ध १० टिम सहभागी हुने छन् । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरी लिग सञ्चालन गरिने कार्कीले बताए । 

इटहरी क्षेत्रअन्तर्गत इटहरी रंगशालामा हुने खेलमा राष्ट्रिय जागृति क्लब, एलेभेन एरोज क्लब, इटहरी फुटबल क्लब, ब्वाईज क्लब र गोल्डेनस्टार यूथ क्लबले प्रतिष्पर्धा गर्ने छन् । धरान क्षेत्रअन्तर्गत धरान फुटबल क्लब, गोधुली क्लब, टेम्के क्लब, न्यूस्टार क्लब र संयुक्त युवा क्लब खेल्ने छन् ।

दुई समुहका उत्कृष्ट चार टिमलाई दोस्रो चरणको नकआउट प्रतियोगितामा सहभागी गराइनेछ । ती खेलहरू भने धरान रंगशालामा हुने जिल्ला फुटबल संघ सुनसरीका अध्यक्ष नवीन राईले जानकारी दिए । लिग बिजेताले नगद ५० हजार रुपैयाँ र उपबिजेताले ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

बिधागत उत्कृष्ट हुनेलाई नगद ३ हजार र सर्वाधिक गोलकर्तालाई नगद ५ हजार प्रदान गरिने जनाइएको छ । लिग च्याम्पियन टोली बढुवा हुँदै प्रदेश लिग खेल्न पाउने छ भने पुछारको टिम घटुवा हुनेछ ।

View : 65

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved