Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

नमूनाद्वारा नयाँ विद्यार्थीलाई स्वागत

उद्घोष सम्वाददाता
२३ वैशाख २०८१, आइतवार

विराटनगर । विराटनगर–८ मधुमारास्थित नमूना विद्या मन्दिर विद्यालयले  २०८१ सालमा नयाँ भर्ना भएका  विद्यार्थीहरुलाई एक कार्यक्रम गरी स्वागत गरेको छ ।

सो अवसरमा पूर्व प्राथमिक (नर्सरी) देखि कक्षा ९ सम्मका एक सय ५७ नयाँ  विद्यार्थीलाई स्वागत गरिएको हो ।

नमुना बाल क्लवको आयोजनामा गरिएको कार्यक्रममा विद्यालयका प्राचार्य शिवप्रसाद अधिकारी र ममता अधिकारीले नयाँ विद्यार्थीलाई टीका र खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा शिक्षक कृष्ण तामाङ र  कक्षा १० की विद्यार्थी मान्सी मण्डलले स्वागत मन्तव्य राखेका थिए ।

नयाँ विद्यार्थीका तर्फबाट  कक्षा ९ की कुसुम बस्नेतले  अनुभव सुनाएकी थिइन् । सो अवसरमा नयाँ र पुराना विद्यार्थीहरुले नृत्य लगायतका मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए ।

View : 165

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved