Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

विद्यावारिधि गर्ने चार प्राध्यापकलाई सम्मान

उद्घोष सम्वाददाता
२३ वैशाख २०८१, आइतवार


विराटनगर । महेन्द्र मोरङ कलेज विराटनगरले विद्यावारिधि गर्ने चार जना प्राध्यापकलाई सम्मान गरेको छ ।

विद्यावारिधि गर्ने कलेजका डा. अशोककुमार दास, डा. जनक अधिकारी, डा. निलम शाही र डा. रोहित देवलाई सम्मान गरिएको हो । कलेजको रसायन शास्त्र विझागले शुक्रबार एक कार्यत्रमको आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख डा रामावतार शरण, विज्ञान संकायका सहायक क्याम्पस प्रमुख उमेशप्रसाद यादव र रसायन शास्त्रका विभागीय प्रमुख प्रा.डा. अजय भट्टराईले उनीहरूलाई प्रशंशापत्र र खादामाला सहित सम्मान गरेका थिए ।

सो अवसरमा विद्यावारिधि  सम्मानित प्राध्यापक डा. जनक अधिकारीले लगनशीलता र मेहेनतले जुनसुकै लक्ष्यमा पुग्न सकिने बताए ।

विद्यावारिधि गर्ने चार प्राध्यापकमध्ये अधिकारी, शाही र देवले त्रिभुवन विश्वविद्यालयबाट र दासले बिएन मण्डल युनिभर्सिटी भारतबाट विद्यावारिधि गरेका हुन । उक्त कलेजको रसायनशास्त्र विभागमा १९ जना पूर्णकालीन र १५ जना आंशिक प्राध्यापक छन् ।

View : 172

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved