Biratnagar, Morang, Nepal
६ जेठ २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

वाग्लेले लगाएको ताला तोडेर बस्नेतले गरे पदबहाली

उद्घोष सम्वाददाता
२१ वैशाख २०८१, शुक्रवार

विराटनगर । उच्च अदालत विराटनगरको फैसलाबाट कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा पुर्नवहाली भएका कृष्ण बस्नेत(पर्शुराम) ले बिहीबार बोर्डको कार्यालयमा पुगेर पदवहाली गरेका छन् । तर उनले वहाली गर्नका लागि वोर्डको कार्यालयमा लगाइएको ताला फोड्नु परेको बताए ।

अदालतको आदेश अघिसम्मका सदस्य सचिव हंशराज वाग्लेले वोर्डकै आयोजनामा गरिएको तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा प्रथम स्पोर्टस् सेलिब्रेटी मिट २०२४ का लागि वोर्डका अन्य पदाधिकारीलाई समेत कार्यकक्षमा जान नसक्ने गरी ताला लगाएर हिंडेका थिए । उनले बस्नेतको पुनर्वहालीलाई प्रभावित पार्ने उदेश्यले ताला लगाइएको ढोकामा मिति उल्लेख नभएको सूचना टाँसेर हिंडेको पाइएको छ ।

अदालतको आदेश भन्दै निकट खेलकुदकर्मीहरूसहित विराटनगर–७ स्थित वोर्डको कार्यालयमा पुगेका बस्नेतले कार्यालयको ढोकामै लगाइएको ताला फोडेर कार्यकक्षमा पदबहाली गरेका हुन् । उच्च अदालत विराटनगरको सोमबारको अन्तिम फैसला अनुसार बस्नेत सदस्य सचिवमा पुनर्बहाली भएका थिए ।

प्रदेश सरकारको २०७८ चैत २१ को मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई फदमुक्त गर्दै ओखलढुंगाका वाग्लेलाई सदस्य सचिवमा नियुत्त गरेको थियो ।

सो निर्णयविरूद्ध बस्नेतले उच्च अदालतमा अन्तरिम आदेशको मागसहित मुद्दा दायर गरेका थिए । त्यस बेला अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । लामो समयपछि भएको फैसलाबाट बस्नेत सदस्य सचिवमा पुनर्वहाली भएपछि उनले पदबहाली गरेका हुन् । 

बस्नेतलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले २०७८ असोज २४ गते वोर्डको सदस्य सचिवमा चार बर्षे कार्यकालका लागि नियुक्त गरेका थिए । तत्कालीन सामाजिक विकासमन्त्री राजन राईले बस्नेतलाई स्पष्टिकरण दिने मौका समेत नदिई पदमुक्त गर्दै आफmु निकट वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेका थिए । 

वाग्ले नियुत्ति लगत्तै खेलसम्वद्ध विभिन्न विवादमा मुछिंदै आएका थिए । उनको कार्यशैलीप्रति कोशी प्रदेशका वर्तमान मुख्यमन्त्री केदार कार्की समेत असन्तुष्ट थिए ।

अदालतको फैसलाका आधारमा आफू कार्यालयमा पुनर्वहाली भएको बस्नेतले प्रतिक्रिया दिएका छन् । उनले वाग्लेको कार्यकालमा भएगरेका विवादित कार्यहरूलाई सच्याएर सवैसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

View : 92

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved