Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

मन्त्रिपरिषद् बैठक

बैशाख ३१ गते प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गर्ने निर्णय, संघीयता कार्यन्वयनका लागि बन्यो कार्यदल

२७ वैशाख २०८१, बिहिवार

विराटनगर । कोशी प्रदेश सरकारको बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको पा“चौं तथा बर्खे अधिवेशन बैशाख ३१ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वमा बिहीबार गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले बैशाख ३१ गते ११ बजे प्रदेश सभाको बैठक आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री रामबहादुर राना मगरले जानकारी दिए ।

उक्त दिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मत लिएस“गै सरकार समेत विस्तार गर्ने तयारी अघि बढाएको जनाइएको छ ।

विश्वासको मत लिएपछि आगामी आर्थिक बर्षको बजेटको तयारीका लागि पूर्व बजेट छलफल सुरु गर्ने सरकारको तयारी रहेको मन्त्री राना मगरले बताए । 

मन्त्रिपरिषद् बैठकले संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गर्ने समेत निर्णय गरेको छ । 

वरिष्ठ अधिवक्ता एवं कोशी प्रदेश सरकारका पूर्व मुख्यन्यायधिवक्ता चुडामणी आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएको हो ।

कार्यदलको सदस्यमा वरिष्ठ अधिवक्ता एवं पूर्व मुख्यन्यायधिवक्ता गजेन्द्र आचार्य, पुर्व प्रदेश सभा सदस्यहरु अर्जुन राई, कुल प्रसाद साम्बा, जसमाया गजमेर, पूर्व उपसचिव  नरेन्द्र श्रेष्ठ रहेका छन् । कार्यदलको सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रहने जनाइएको छ । 

मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्तामा मन्त्री राम बहादुर राना मगरलाई तोकेको पनि जनाइएको छ ।

View : 74

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved