ग्राहक बन्नका लागि
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सले बागमती प्लास्टिकलाई आफ्नो अफिसियल होम पार्टनरका रूपमा आबद्ध गरेको छ । साझेदारीसम्बन्धी विराटनगरमा आइतबार भएको स...
विराटनगर । वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्ग्सबाट खेल्ने भएका छन् । विराटनगर किङ्ग्सले आइतबार सामाजिक सञ्ज...
एजेन्सी । फ्रान्सको पेरिसमा आन्दोलन चर्किएको छ । शिक्षाको स्तर खस्किएको र महँगीको विरोधमा दिनहुँ आन्दोलन भइरहेको छ । प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घट्नाहरु भएका छन् ।...
विराटनगर । सुनसरीको इनरूवाबाट ९१५ किलाे गाँजासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरूवा-४ का बुलबुल यादवसहित सन्तोष यादव, आशिष यादव र दुहबी-१० का कुन्दन यादव पक्रा...
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपाने सर्वोत्कृष्ट जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख घोषित भएका छन् । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (पोलिस ब्याटन) २०८३ अन्तर्गत पेशागत व्यावसायिकता, निष्ठा, मातहतका प्रहरी कार्यालयको परिचालन तथा कार्यकुशलतासहितका विभिन्न सूचकको मूल्याङ्कनका आधारमा न्यौपाने सर्वोत्कृष्ट घोषित भएका हुन् । यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ पनि कार्यदक्षता मूल्याङ्कनमा प्रथम भएको छ । उक्त उपलब्धिका लागि ७१औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंमा आयोजित कार्यक्रममा कार्या...
झापा । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट एक लाख २२ हजार ७८० रुपैयाँ नगद र दुई बुङ तास बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार मध्यरातमा अर्जुनधारा नगरपालिका–५ ओमचोकस्थित सीताराम थापाको घरमा अवैध रूपमा तास तथा जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का ४१ वर्षीय किशोर थापा, ५५ वर्ष...
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित थापालाई केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले शपथ गराएका हुन् । प्रतिज्ञा पत्र नाम दिइएको उक्त शपथग्रहण पत्रमा बाचनपछि हस्ताक्षर समेत गरेका छन् । शपथपछि नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले फुलमाला र खाता लगाएर स्वागत गरेका थिए । नवनिर्वाचित अन्य पदाधिकारी एवम सदस्यहरुको शपथ भने दशैं पछि हुने निर्वाचन समितिले जनाएको छ ।
विराटनगर । मोरङ जिल्लाका विभिन्न स्थानबाट सशस्त्र प्रहरी बल नेपालले चार लाख २७ हजार ३९० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा एक जनालाई समेत नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी तथा मातहतका सीमा सुरक्षा गुल्म रानी र बीओपी जहदा भुटाहाबाट खटिएको टोलीले शुक्रबार उक्त सामान बरामद गरेको हो । बरामद गरिएका सामानमा एक थान मोटरसाइकल, दुई थान रिक्सा, रजनीगन्धा, लत्ताकपडा, औषधि, हार्डवेयर तथा किराना सामान रहेका छन् । सशस्त्र प्रहरीले अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा मोरङको विराटनगर महानगरपालि...
इनरुवा । कोशी प्रदेशका आठ जिल्लाका ३१ जना शिक्षकलाई वैश्विक नागरिक शिक्षासम्बन्धी पाँचदिने अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ । नेपाल सरकार, शिक्षा विभाग सानोठिमी भक्तपुरको आयोजनामा सञ्चालित कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा सहभागी शिक्षकहरूलाई लोकतान्त्रिक मूल्य र मान्यता, सामाजिक न्याय, समावेशिता, डिजिटल शिक्षा, जलवायु परिवर्तन, स्वास्थ्य तथा वातावरणलगायत विषयमा अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा शिक्षा विभाग सानोठिमी भक्तपुरका वरिष्ठ प्राविधिक अधिकृत रामचन्द्र ढकाल, शिक्षा तालिम केन्द्र इनरुवाका वरिष्ठ प्रशिक्षक रेवन्तबहादुर बस्नेत तथा प्रशिक्षकहरू शान्तकुमार चौहान,...
विराटनगर । स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा बिरामीको सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनमा स्वास्थ्यकर्मीका लागि विशेष तालिम सम्पन्न भएको छ । बिहिबार आयोजित ‘सिरिन्ज पम्प तथा इन्फ्युजन पम्पको सुरक्षित र प्रभावकारी प्रयोग’ सम्बन्धी तालिममा नर्सिङ कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । तालिममा सिरिन्ज पम्प र इन्फ्युजन पम्पको सुरक्षित सञ्चालन, सही प्रयोग तथा बिरामीको उपचार प्रक्रियामा ती उपकरणको प्रभावकारी उपयोगसम्बन्धी ज्ञान र सीप अभिवृद्धिमा जोड दिइएको अस्पतालले जनाएको छ । चिकित्सा उपकरणको...
विराटनगर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मोरङ जिल्ला स्तरीय छनोटमा विराटनगरस्थित काइजेन जुडो डोजोका नौ जना खेलाडी छनोट हुन सफल भएका छन् । जिल्ला छनोटमा सफलता हासिल गर्ने खेलाडीहरूमा ४८ केजी तौल समूहमा पुनम रायो, ५२ केजीमा एसीका खड्का, ५७ केजीमा साइना चौधरी, ६३ केजीमा मिन्सा लावती र ७० केजीमा उमङ्ग राजवंशी रहेका छन् । त्यस्तै, ७८ केजी तौल समूहमा तानिया मेहतर र स्वस्तिका चौलागाईं, ६० केजीमा लक्ष्मी राजवंशी तथा ८१ केजीमा रोहन राजवंशी छनोट भएका छन् । विराटनगर काइजेन जुडो डोजोकी प्रशिक्षक सुजता बस्नेतले खेलाडीहरूको मेहनत, अनुशासन, लगनशीलता र निरन्तर अभ्यासका कारण यो सफलता प्राप्...
धरान । महेन्द्र बहुमुखी क्याम्पस, धरानको अङ्ग्रेजी विभागद्वारा आयोजना गरिएको एक विशेष समारोहमा निबन्धकार डा. अस्मिता बिष्टको नयाँ निबन्ध सङ्ग्रह 'समयशालामा नृत्यमग्न आकृति' लोकार्पण गरियो। धरानका प्रमुख साहित्यकारहरू, प्राज्ञहरू र विद्यार्थीहरूको उपस्थितमा उक्त कृतिको लोकार्पण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं प्राज्ञ विवश पोखरेल थिए भने समारोहको सभापतित्व अङ्ग्रेजी विभाग प्रमुख डा. मोहन पोखरेलले गरेका थिए। कृति लोकार्पणपछि कार्यक्रममा समीक्षकहरूले पुस्तकमाथि आफ्ना विचारहरू प्रस्तुत गरेका थिए । समीक्षक प्राडा इन्दिरा मिश्र र डा. दीप...
काठमाडौं । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् डेभिड ढकालले नेपाल न्यूज बैंकसँगको कुराकानीमा दशैँ अवधिमा देशका अधिकांश स्थानमा मौसम अनुकूल रहने देखिए पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताए । उनका अनुसार फूलपाती अर्थात् असोज ३१ गते देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा अन्य प्रदेशका हिमाल...
विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा रुसी नाटककार एन्टोन चेखभको लोकप्रिय एकाङ्की नाटक ‘अन्तिम गीत’ (द स्वान सङ) बुधबारदेखि मञ्चन सुरु भएको छ । महेश पौड्यालको अनुवाद तथा नवराज बुढाथोकीको निर्देशनमा तयार पारिएको सो नाटक काठमाडौँको सफल मञ्चनपश्चात विराटनगरमा प्रस्तुत गरिएको हो । शैली थिएटरको प्रस्तुति, रुसी सदनको साझेदारी एवम् आरोहण गुरुकुल, विराटनगरको सहकार्यमा आयोजना गरिएका सो नाटकमा वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेल र सब्बु गुरुङको सशक्त अभिनय छ । स्थानीय दर्शकसम्म उत्कृष्ट नाट्यकृति पु-याउने उद्देश्यले नाटक मञ्चन गरिएको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जान...
काठमाडौं । अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२ भिसाका आवेदकमध्ये ५० देशका नागरिकका लागि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्मको भिसा बन्ड अनिवार्य गरेको छ । नयाँ व्यवस्थामा नेपाल, बंगलादेश र भुटानका नागरिकसमेत परेका छन् भने भारतीय नागरिकलाई भने यसबाट छुट दिइएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार बी–१÷बी–२ भिसा प्राप्त गर्नुअघि आर्थिक बन्ड बुझाउनुपर्ने देशहरूको संशोधित सूची सार्वजनिक गरेको हो । सूचीमा परेका देशका नागरिकले भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकारीले निर्धारण गरेअनुसार १० हजार, १५ हजार वा २० हजार अमेरिकी डलर ब...
विराटनगर । नेपालीहरूको महान् पर्व बडादशैं नजिकिँदै गर्दा घरपरिवारमा भेटघाट, खानपान र उत्सवको माहोल सुरु भएको छ । दशैंमा परिवारसँगै बसेर मिठा परिकार बनाउने, खाने र खुसी साटासाट गर्ने परम्परालाई थप सहज र सुखद बनाउन एलिकाले स्वच्छ हावा र आरामदायी भान्साको सन्देशसहित दशैंको शुभकामना व्यक्त गरेको छ । ‘ताजगीको एक सास’ भन्ने अवधारणासहित एलिकाले खाना पकाउँदा उत्पन्न हुने धुवाँ, गन्ध तथा भान्साको हावा व्यवस्थापन गर्न सहयोग गर्ने चिम्नी प्रविधि प्रस्तुत गर्दै आएको छ। एलिका चिम्नीले भान्सालाई सफा, सहज र आरामदायी बनाउन सहयोग पु¥याउने कम्पनीले जनाएको छ । एलिका चिम्नीमा ऊर्जा...
‘ओइ, त्यसको भिडियो हेरिस् ? कति थोरै लाइक रहेछन् ! ओहो, त्यसको त कति धेरै भ्युज रहेछन् !’ आजभोलि सामाजिक सञ्जाल चलाउनेहरूबीच प्रायः सुनिने संवाद हो यो । पुस्तकालयबाट किताब ल्याएर पढ्ने, पत्रपत्रिकामा प्रकाशित विचार पढेर विमर्श गर्ने र टाढाटाढासम्म पुगेर आमसभामा नेताका भाषण सुन्ने चलन पहिलेको तुलनामा निकै कम भएको छ । अहिले सूचना र विचार प्राप्त गर्ने माध्यम फेरिएको छ । सामाजिक सञ्जालमा लेख्यो, भिडियो बनायो, लाइक र भ्युज गन्यो । पहिले आमसभामा कति मानिस उपस्थित भए भनेर गणना गरिन्थ्यो, अहिले सामाजिक सञ्जालमा कति भ्युज आए भनेर हिसाब गरिन्छ । पहिले नेताले के बोले भन्ने विषयमा विमर्श ह...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved