ग्राहक बन्नका लागि
विराटनगर । भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर लुकाइछिपाइ राखिएको १२ लाख रुपैयाँ बराबरको सयपत्री फूलका तयारी माला सशस्त्र प्रहरीले बरामद गरेको छ । २०८३ कात्तिक १४ गते विशेष सूचन...
काठमाडौँ । पत्रकार र संचारगृहमाथि भइरहेको धरपकडविरुद्ध पत्रकारहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । शनिबार विहानैदेखि परेको झरीमा रुझ्दै पत्रकारहरु सडकमा उत्रिएका हु...
विराटनगर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ स्थित चेरेम गाउँमुनि निरन्तर पहिरो खस्दा ईङ्खु नदी थुनिएर अस्थायी बाँध बनेको छ । लगातारको वर्षासँगै पहिरो खस्ने क्रम जारी रहे...
धनकुटा । धनकुटामा यही कात्तिक १४ गते गर्ने तय भएको नेकपा एमाले धनकुटाको आठौं जिल्ला अधिवेशन, प्रतिनिधि परिषद बैठक तथा कार्यकर्ता भेला स्थगित गरिएको छ । पूर्व राष्ट्रपति तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुन लागेको सो भेला वंगालको खाडीबाट आइरहेको अर्नब चक्रवातका कारण स्थगित गरिएको हो । चक्रवातका कारण कात्तिक १२ देखि १५ गतेसम्म देशभर चट्याङ, हावाहुरीसहित भारी वर्षा हुने पूर्वानुमान गरिएकाले त्यसैलाई दृष्टिगत गर्दै कार्यक्रम स्थगित गरिएको एमाले धनकुटा जिल्ला कमिटीका सचिवालय सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले जानकारी दिए...
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको गुडलक होटलमा आगलागी हुँदा होटलका दुईवटा भवन पूर्णरूपमा जलेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मैसम तामाङका अनुसार होटलमा आगलागी भएको सूचना बिहान करिब ११ः५० बजे प्राप्त भएको थियो । सूचना प्राप्त भएपछि अस्थायी प्रहरी चौकी दिङबुतेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । उनका अनुसार होटल सञ्चालक कुलबहादुर तामाङ रहेका छन् । आगलागीबाट होटलका दुईवटा भवन पूर्णरूपमा जलेको छ । प्रहरी निरीक्षक तामाङका अनुसार अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगल...
काठमाडौं । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने देखिन्छ। हाल देशभर साधारणतया बादल लाग्नेको छ। कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानहरुमा मध्यम वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्ने छ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान,तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशक...
विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड मोरङको पाँचौं अधिवेशनबाट अध्यक्षमा महाप्रसाद खतिवडा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न १५औं साधारणसभा र पाँचौ अधिवेशनबाट अध्यक्षमा निर्वाचित खतिवडाले ७३ मत प्राप्त गरेका हुन् । प्रतिस्पर्धी धनकुमारी थापाले ३१ मत प्राप्त गरिन् । सञ्चारकर्मी सञ्चार सहकारीका १२७ जना शेयर सदस्य मध्ये निर्वाचनमा कुल १०४ मत खसेको थियो । सहकारीको अध्यक्षबाहेक अन्य सबै पदहरूमा भने निर्विरोध चयन भएको थियो । सहकारीको उपाध्यक्षमा नेत्रप्रसाद अधिकारी, सचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा तारा आचार्य चयन भएका छन् । त्यस्तै, सञ्चालक समितिको सदस्यहरूमा भोजरा...
इनरुवा । कोशी प्रदेशका आठ जिल्लाका ३१ जना शिक्षकलाई वैश्विक नागरिक शिक्षासम्बन्धी पाँचदिने अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ । नेपाल सरकार, शिक्षा विभाग सानोठिमी भक्तपुरको आयोजनामा सञ्चालित कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा सहभागी शिक्षकहरूलाई लोकतान्त्रिक मूल्य र मान्यता, सामाजिक न्याय, समावेशिता, डिजिटल शिक्षा, जलवायु परिवर्तन, स्वास्थ्य तथा वातावरणलगायत विषयमा अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा शिक्षा विभाग सानोठिमी भक्तपुरका वरिष्ठ प्राविधिक अधिकृत रामचन्द्र ढकाल, शिक्षा तालिम केन्द्र इनरुवाका वरिष्ठ प्रशिक्षक रेवन्तबहादुर बस्नेत तथा प्रशिक्षकहरू शान्तकुमार चौहान,...
सुर्खेत । सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या सबैभन्दा बढी दार्मा गाउँपालिकामा रहेको छ । दार्मामा सबैभन्दा बढी संक्रमित कार्यालयको तथ्यांकअनुसार दार्मा गाउँपालिकामा २८१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, बागचौर नगरपालिकामा २४७, कुमाख गाउँपालिकामा ८२, कपुरकोट गाउँपालिकामा...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले टोलीको कमजोर फिल्डिङ र धैर्यताको कमीलाई हारको मुख्य कारण बताएका छन् । बिहीबार कर्णाली याक्ससँग पराजित भएपछि आयोजित पोस्टम्याच प्रेस मिटमा कप्तान सन्दीपले ब्याटिङ र बलिङमा टोलीले राम्रो सुरुवात गरे पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसकेको बताए । उनले खेलको सुरुवाती चरणमा टोलीको प्रदर्शन राम्रो रहेको र विपक्षीका चार–पाँच विकेट लिइसकेको अवस्थामा पनि दबाब कायम राख्न नसकेको बताए । ‘हामीले सात–आठ ओभरसम्म एकदम राम्रो गरिरहेका थियौँ। टिमको मोमेन्टम पनि हामीसँगै थिय...
विराटनगर । विराटनगर साहित्य सङ्गमको २४२औँ साहित्य शृङ्खलाको अवसरमा फूलपातीका दिन एक विशेष कार्यक्रम आयोजना गरी साहित्यकार तोमनाथ उप्रेतीको समालोचना सङ्ग्रह ‘अक्षरभित्र चिन्तन’ लोकार्पण गरिएकाे छ । सो कार्यक्रममा दशैं, तिहार, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो। कार्यक्रममा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, सचिव गोपाल निर्भीक, प्राज्ञ विवश पोखरेल र बलराम पोखरेलले संयुक्त रूपमा सो पुस्तकको लोकार्पण गरेका थिए। समालोचक तोमनाथ उप्रेतीको यस सङ्ग्रहभित्र मोरङ जिल्लाका सत्रजना कवि, कथाकार, नाटककार, उपन्यासकार र मुक्तककारका कृतिमाथि...
सुन्दरहरैँचा । नेपाली लोकप्रिय सांगीतिक समूह नेपथ्य पहिलोपटक इटहरीमा प्रस्तुत हुने भएको छ। कात्तिक १८ गते इटहरी रंगशालामा हुने सांगीतिक कार्यक्रमका लागि तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजना तथा इटहरी उपमहानगरपालिकाको प्रवर्द्धनमा हुन लागेको कार्यक्रममा करिब १० हजार दर्शक अट्ने व्यवस्था मिलाइनेछ । आयोजकका अनुसार हालसम्म करिब तीन हजार टिकट बिक्री भइसकेका छन् । आयोजक संस्थाका अध्यक्ष राजकुमार कार्कीका अनुसार इटहरीमा नेपथ्यको यो पहिलो प्रस्तुति नै अन्तिम हुन सक्ने सम्भावना छ । नेपथ्य टोलीसँगको कुराकानीमा त्यसपछि इटहरीमा अर्को प्रस्तुति नहुन सक्ने कुरा...
काठमाडौं । स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । स्थानीय समयअनुसार बिहान ८ः५४ बजे म्याड्रिडबाट करिब १२० किलोमिटर दक्षिणमा पर्ने टोलेडो प्रान्तको उर्दा स्टेसननजिक दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूको उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ । दुर्घटनास्थलको भ्रमणपछि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले घटनाबारे विस्तृत अनुसन्धान गर्ने घोषणा गरेका छन् । उनले सुरक्षा प्रणालीमा लापरबाही वा कमजोरी भएको पाइए जिम्मेवार पक्षमाथि कारबाही गरिने बताएका छन् । ‘...
विराटनगर । नेपाली बजारमा सार्वजनिक भएको एक महिनाभित्रै एलजी वाटर प्युरिफायरले उत्साहजनक बिक्रीसहित लोकप्रियता हासिल गरेको कम्पनीले जनाएको छ । उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र निःशुल्क मर्मतसम्भार सुविधाले उपभोक्तालाई आकर्षित गरेको कम्पनीको भनाइ छ । एलजी वाटर प्युरिफायरमा विभिन्न चरणको पानी शुद्धीकरण प्रविधि, आरओ प्रणाली तथा मिनरल बुस्टर समावेश छन् । यसको आठ लिटर क्षमताको ट्याङ्कीमा एयरटाइट कभर र लकिङ प्रणालीसमेत रहेको छ । कम्पनीका अनुसार यसमा पहिलो वर्ष दुई पटक निःशुल्क सेवा, दुई पटक कन्ट्याक्टलेस मर्मतसम्भार तथा दुई पटक बाहिरी सेडिमेन्ट फिल्टर उ...
रंगेली नगरपालिका–३ निवासी (नाम परिवर्तन) सरिता, ५२ वर्षीया गृहिणी हुन् । उनी खेतीपाती गरेर परिवारको जीविकोपार्जनमा सहयोग गर्दै आएकी छन् । उनको परिवारमा दुई छोरा, एक बुहारी र पाँच वर्षका एक नाति छन् । करिब ३० वर्षअघि विवाह भएको थियो । विगत दुई वर्षदेखि श्रीमान् दीर्घरोगका कारण बिरामी रहनुभएको थियो र नियमित उपचार गराइरहनुभएको थियो । अन्ततः २०८१ साल साउनमा श्रीमानको निधन भयो । श्रीमानको निधनपछि उनको व्यवहारमा उल्लेखनीय परिवर्तन देखिन थाल्यो । उनी कहिले अत्यधिक हाँस्ने, कहिले काम्ने, आफूलाई देवी–देवताले छोएको वा शक्ति प्राप्त भएको बताउने, शिवजी आफ्ना इष्टदेवता भएको...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved