विराटनगर । थाइल्यान्डमा आयोजित अन्तर्राष्ट्रियस्तरको खगोल विज्ञान तथा खगोल भौतिकी प्रतियोगितामा स्वर्ण पदक हासिल गरी नेपाल विराटनगर र परिवारको गौरव बढाउन सफल विद्यार्थी शाहवाज आलमलाई सम्मान गरिएको छ ।
विराटनगर महानगरपालिका–६ स्थित मदरसा शहबाजिया माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय प्रतिष्ठित प्रतियोगिता जुनियर अन्तर्राष्ट्रिय खगोल विज्ञान तथा खगोल भौतिकी ओलम्पियाड–२०२६ मा थाइल्यान्डको उबोन रत्चाथानीमा स्वर्ण पदक प्राप्त गर्न सफल विराटनगर–१७, रानी निवासी शाहवाज आलमलाई सम्मान गरेको हो ।
मदरसा शहबाजिया माध्यमिक विद्यालयको आयोजनामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अरसद हुसैनको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल मुस्लिम युथ कमिटीका संरक्षक, समाजसेवी तथा शिक्षाप्रेमी मोहम्मद गुलजार अनवर हुसेन , कैहकसा कौसर, जामिया इस्लामिया माध्यमिक विद्यालय, मदरसा इस्लाहुल बनात आधारभूत विद्यालय, मदरसा कादरिया इस्लामिया आधारभूत विद्यालय तथा मदरसा शहबाजिया माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको मदरसा शहबाजिया माध्यमिक विद्यालयका प्रधानाध्यापक इमाम हैदरले जानकारी दिए ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक हासिल गरेर नेपालको शैक्षिक प्रतिभा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सफल शाहवाज आलमलाई सम्मान गर्दै आयोजकले उनको उपलब्धिले विद्यार्थीहरूलाई विज्ञान, खगोल विज्ञान तथा अध्ययन अनुसन्धानका क्षेत्रमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेको छ ।
View : 35
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved