Biratnagar, Morang, Nepal
१३ मंसिर २०८३, आइतवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

विराटनगर लेडिज सर्कल–५ द्वारा ६६ विद्यार्थीलाई ‘रामायण’ चलचित्र प्रदर्शन

उद्‌घोष संवाददाता
१२ मंसिर २०८३, शनिवार

विराटनगर । विराटनगर लेडिज सर्कल–५ ले आफ्नो संरक्षित सामुदायिक विद्यालयका ६६ जना विद्यार्थीलाई शनिबार चलचित्र ‘रामायण’ देखाएको छ । बालबालिकालाई नैतिक शिक्षा र पौराणिक कथावस्तुबारे जानकारी गराउने उद्देश्यले विराटनगरस्थित सेन्ट्रल मल्टिप्लेक्समा विशेष प्रदर्शनको आयोजना गरिएको हो ।

सर्कलले संरक्षकत्व ग्रहण गरेको विराटनगरस्थित सिद्धकाली आधारभूत विद्यालयका कक्षा ४ र ५ मा अध्ययनरत ६६ जना छात्रछात्रा सो चलचित्र प्रदर्शनीमा सहभागी थिए । शनिबार बिहान साढे ९ बजेबाट सुरु भएको कार्यक्रममा विद्यार्थीहरूले निकै उत्साहपूर्वक चलचित्र हेरेका थिए ।

विराटनगर लेडिज सर्कल–५ की अध्यक्ष विनिता कुण्डलिया धारेवाका अनुसार बालबालिकाको बौद्धिक तथा नैतिक विकासमा टेवा पुर्‍याउन ‘हाम्रा प्रतिभाशाली कलिला मस्तिष्कहरूका लागि महाकाव्यका कथाहरू’ अवधारणाअन्तर्गत चलचित्र देखाइएको हो । कार्यक्रममा सर्कलकी कोषाध्यक्ष प्रीति चाचानलगायत अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।

लेडिज सर्कलले उक्त विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको अतिरिक्त क्रियाकलापका लागि निरन्तर विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको अध्यक्ष विनिता कुण्डलियाले बताइन् ।

View : 83

१३ मंसिर २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved