Biratnagar, Morang, Nepal
६ मंसिर २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

अस्ट्रेलियाको संसद् भवनअगाडि गोबर र लिदी फालेर प्रदर्शन

सरकारको जलवायु नीतिलाई ‘बकवास’ भन्दै विरोध, प्रदर्शनपछि आन्दोलनकारी आफैँले गरे सरसफाइ
उद्‌घोष संवाददाता
५ मंसिर २०८३, शनिवार

क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संघीय संसद् भवनअगाडि जलवायु परिवर्तनसम्बन्धी सरकारी नीतिको विरोध गर्दै प्रदर्शनकारीहरूले गाईकाे गाेबर र घोडाकाे लिदी फालेका छन् ।

जलवायु अभियानमा सक्रिय राइजिङ टाइड समूहले ट्रकमा गोबर र लिदी ल्याएर बेल्चाको सहायताले संसद् भवनको अगाडिको क्षेत्रमा फैलाउँदै विरोध प्रदर्शन गरेको हो ।

समूहले प्रधानमन्त्री एन्थोनी अल्बानिजी नेतृत्वको श्रम पार्टी सरकारले अवलम्बन गरेको जलवायु नीतिको आलोचना गर्दै त्यसलाई ‘बकवास’ भन्दै व्यंग्यात्मक विरोध जनाएको थियो ।

टर्कीमा संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन सम्पन्न हुने समयसँगै यो प्रदर्शन गरिएको हो । प्रदर्शनपछि आन्दोलनकारीहरूले आफैँले फैलाएको गोबर सफा गरेका थिए । घटनामा हालसम्म कसैलाई पनि पक्राउ नगरिएको जनाइएको छ ।

राइजिङ टाइड समूह अस्ट्रेलियामा जलवायु परिवर्तन नियन्त्रणका लागि सरकारलाई थप प्रभावकारी कदम चाल्न दबाब दिँदै आएको अभियानकर्मी समूह हो ।

View : 37

६ मंसिर २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved