सुन्दरहरैँचा । मोरङको बेतना सिमसार क्षेत्रमा आकर्षक बनावट भएको मयुरपंखी कछुवा भेटिएको छ ।
दक्षिण एसियाका सीमित क्षेत्रमा मात्र पाइने यो कछुवा आफ्नो विशिष्ट शारीरिक बनावट र सुन्दर खोलका कारण आकर्षणको केन्द्र बन्ने गरेको छ ।
मयुरको प्वाँखमा देखिने जस्तै आकर्षक गोलाकार बुट्टा यसको खोलमा हुने भएकाले यसलाई मयुरपंखी कछुवा भनिएको हो ।
दुर्लभ तथा विशेष पहिचान बोकेको यो कछुवाको उपस्थितिले बेतना सिमसार क्षेत्रको आकर्षण बढाउने बताइएको छ ।
View : 53
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved