ओखलढुंगा । ओखलढुंगामा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार सिद्धिचरण नगरपालिका–१२ स्थित जि.वि.स. टोलमा रहेको सुमन किराना पसल तथा होटलमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले बुधबार दिउँसो ४ः१५ बजे विशेष सूचनाका आधारमा उक्त स्थानमा छापा मार्दा उनीहरू तास खेलिरहेको अवस्थामा फेला परेका थिए ।
प्रहरीले उनीहरूको साथबाट नगद ४२ हजार २० रुपैयाँ र तास बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–११ का ४४ वर्षीय नृपध्वज कटवाल, सिद्धिचरण–१२ का ५३ वर्षीय चक्रबहादुर राई र ४० वर्षीय बुद्धिकुमार राई, सिद्धिचरण–९ का ४७ वर्षीय हिरा कार्की रहेका छन् ।
त्यस्तै सुनकोशी गाउँपालिका–८ का ४६ वर्षीय रोहितकुमार कटुवाल, सुनकोशी–१० का ३६ वर्षीय दण्डु गिरी र मोलुङ गाउँपालिका–२ घर भई सिद्धिचरण नगरपालिका–११ बस्ने ३२ वर्षीया संगीता भन्ने डम्बरकुमारी थापा कार्की पनि पक्राउ परेकी छन् ।
पक्राउ परेका सातै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा राखिएको प्रहरीले जनाएको छ ।
View : 32
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved