उदयपुर । उदयपुरमा प्रहरीले ८५ वटा बोरामा राखिएको प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । बेलका नगरपालिका–७ स्थित तिलितलेबाट प्रहरीले २ हजार ८२० किलो ५०० ग्राम गाँजा बरामद गरेको हो ।
बिहीबार बिहान करिब १० बजे इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उक्त गाँजा बरामद गरेको जनाइएको छ ।
प्रहरीका अनुसार तिलितलेस्थित एक स्थानमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको अवस्थाको गाँजा फेला परेको जनाएको छ ।
बरामद गाँजा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरमा राखेर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रकृया अघि बढाएको जनाइएको छ ।
उक्त गाँजा कसले र कुन प्रयोजनका लागि लुकाइछिपाइ राखेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न व्यक्तिहरूको पनि खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
View : 84
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved