Biratnagar, Morang, Nepal
२० कार्तिक २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूर्वाञ्चल पब्लिक स्कुलमा तिहारको उल्लास

उद्‌घोष संवाददाता
२० कार्तिक २०८३, शुक्रवार

Advertisement

सुन्दरहरैँचा । तिहारको सांस्कृतिक महत्व र मौलिक परम्परालाई आत्मसात् गर्दै मोरङको सुन्दरहरैँचा नगरपालिका–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलमा तिहार विशेष शुभकामना आदानप्रदान तथा भाइटीका कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापनसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूले एकअर्कालाई भाइटीका लगाउँदै तिहारको शुभकामना आदानप्रदान गरेका थिए ।

विद्यालयका संस्थापक प्राचार्य सन्तोषकुमार राईले तिहारजस्ता सांस्कृतिक पर्वलाई विद्यालयको शैक्षिक गतिविधिसँग जोड्दा विद्यार्थीमा मौलिक संस्कृति, संस्कार, सद्भाव र नैतिक मूल्यको विकास हुने बताए ।

विद्यालयका अध्यक्ष मोहन ढकालले शिक्षा ज्ञान र सीपमा मात्र सीमित नभई संस्कारयुक्त तथा जिम्मेवार नागरिक निर्माणसँग पनि जोडिनुपर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा आपसी प्रेम, सम्मान र सांस्कृतिक पहिचानको भावना अभिवृद्धि गर्ने बताए । 

विद्यालयले शैक्षिक गतिविधिसँगै विद्यार्थीको व्यक्तित्व विकास, संस्कार तथा सांस्कृतिक चेतना अभिवृद्धिका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको जनाएको छ ।

View : 38

२० कार्तिक २०८३, शुक्रवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved